Shittalpati
पाल्पामा दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सचेतना

पाल्पा । जिल्लामा दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । जिल्ला ट्रफिक प्रहरी कार्यालयको आयोजनामा आइतबारदेखि साताव्यापी कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रमको पूर्वउद्योग मन्त्री तथा प्रतिनिधि सभाका सांसद सोमप्रसाद पाण्डेले उद्घाटन गरेका छन् । तानसेनको बसपार्कमा भएको कार्यक्रमलाई उद्घाटन गर्र्दै सांसद पाण्डेले सचेतनामूलक कार्यक्रमले दुर्घटना न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रममा तानसेन नगरपालिकाका नगरप्रमुख अशोक कुमार शाही, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढाकाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख दिपेन्द्र जिसी, श्रीनगर यातायात ब्यवसायी समितिका अध्यक्ष डिलबहादुर ढुङ्गाना लगायतले जिल्लामा बढ्दो सवारी दुर्घटना न्यूनिकरणका लागि प्रहरीले अगाडि बढाएको अभियानलाई सबैले साथ दिनुपर्ने बताए ।

सवारी चालक र यात्रु लक्षित सचेतनामूलक अभियानलाई तीव्रता दिईएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमखु पृथ्वीनारायण काफ्लेले बताए । कार्यक्रममा समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई कार्यान्वयन गर्न सहयोग गर्ने स्थानीय तहलाई सम्मान गरिएको छ । ट्राफिक सचेतनामूलक कार्यक्रमका लागि पर्चा पम्पलेट, स्टिकर, सवारी चालकलाई प्रशिक्षण सहित फोहोर व्यवस्थापनको लागि डष्टविन प्रदान गरिएको छ ।

प्रकाशित मिति: आइतबार, पुस १३, २०७६  २२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update