Shittalpati


पाल्पा, तानसेन नगरपालिका वडा नम्वर ५ कैलासनगरमा सामुदायिक मेलमिलाप केन्द्रको उद्घाटन गरिएको छ । समाजमा हुने गरेका सामान्य फौजदारी बाहेक देवानी प्रकृतीका विवादलाई स्थानीयस्तरमा नै मेलमिलाप गराउँने उद्देश्यले सामुदायिक मेलमिलाप केन्द्र स्थापना गरिएको हो ।

केन्द्रको एक कार्यक्रमका बीच सोमबार उद्घाटन गरिएको छ । नगरमै पहिलो मेलमिलाप कक्षाको उद्घाटन गरिएको हो । केन्द्रको तानसेन नगरपालिका उपमेयर तथा न्यायिक समितिका संयोजक लक्ष्मीदेवी पाठकले उद्घाटन गरेकी हुन् । केन्द्रको उद्घाटन गर्दै न्यायिक समिति संयोजक पाठकले स्थानीयस्तरमा हुने गरेका सामान्य विवादको दुबै पक्षलाई हित हुने किसिमले केन्द्रबाट तालिम प्राप्त मेलमिलापकर्ताहरुले प्रभावकारी काम गर्न आग्रह गरिन् । प्राय जसो समाजमा हुने घरायसी विवाद, हिंसा लगायतका घटनाहरु घट्ने भएकाले मेलमिलापकर्ताहरु विवादलाई जरैदेखि उखाल्नको निम्ती सदैब तत्पर भएर लाग्नुपर्ने उनले बताईन ।

संयोजक पाठकले वडामा मिल्न नसकेका घटनाहरुलाई नगरपालिकाको न्यायिक समितिबाट टुो लगाइने बताईन । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज बेल्बासे, वडा अध्यक्ष रामबहादुर रावत, न्यायिक समिति सदस्य तथा कार्यपालिका सदस्य शसी श्रेष्ठ लगायतले आ–आफ्ना धारणा राखेका थिए । सामुदायिक मेलमिलाप सेवा केन्द्रका संयोजक रमेश बोहोराको स्वागत, मेलमिलापकर्ता अर्जुन पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, पुस १४, २०७६  २२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update