काँग्रेसको गृहमन्त्रीमाथि छानबिनको अडान कायमै
सोमबार, चैत १९, २०८०

दुई विधेयक छलफलका लागि पारित
सोमबार, चैत १९, २०८०
प्रतिनिधिसभाको आइतबारको बैठकले दुईवटा विधेयकमाथि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पारित गरेको छ ।

मानव सेवा भन्दा ठूलो धर्म अरू केही छैन : सांसद राना
आइतबार, चैत १८, २०८०
लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले मानव सेवा भन्दा ठूलो धर्म अरु केही नभएका बताएका छन् । शनिबार परमानन्द बाल–वृद्ध कल्याण संघ पाल्पाको स्थानीय तह भेला तथा प्रथम अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै उनले मानव सेवा भन्दा ठूलो धर्म केही नभएको बताएका हुन् ।

गगनले थाले दोस्रो चरणको संवाद यात्रा
बिहीबार, चैत १५, २०८०
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बिहीबारबाट दोस्रो चरणको संवाद यात्रा सुुरु गरेका छन् । पश्चिम नवलपरासीको प्रतापपुरको सूर्यपुरास्थित गोपीगञ्जमा रहेको बीपी कोइरालाको सालिकमा माल्यार्पण गरी उनले संवाद यात्रा सुरु गरेका हुन् ।

प्रशिक्षणले मात्रै पार्टी संगठन मजबुत हुन्छ : उपसभापति श्रेष्ठ
बुधबार, चैत १४, २०८०
नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति तथा प्रदेश प्रशिक्षण विभागका प्रमुख भुवन प्रसाद श्रेष्ठले प्रशिक्षणले मात्रै पार्टीको संगठन मजबुत हुने बताएका छन् ।

काँग्रेस पाल्पाको आर्थिक सल्लाहकारमा मेयर श्रेष्ठ मनोनीत
बुधबार, चैत १४, २०८०
नेपाली काँग्रेस पाल्पाको आर्थिक सल्लाहकारमा तानसेन नगरपालिकाका नगर प्रमुख तथा काँग्रेस नेता सन्तोषलाल श्रेष्ठ मनोनीत भएका छन् । काँग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठले तानसेन नगरपालिका–२ निवासी श्रेष्ठलाई आर्थिक सल्लाहकारमा मनोनीत गरेका हुन् ।

गुल्मीमा आदिवासी जनजाती महासंघको सक्रियता
सोमबार, चैत १२, २०८०
नेपाली काँग्रेसको भातृ संगठनको रुपमा रहेको नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ गुल्मीले पछिल्लो समय आफ्ना गतिविधिहरुमा सक्रियता देखाएको छ । महासंघले संगठन विस्तार तथा सुदृढिकरण र संघमा आवद्ध सदस्यहरुका समस्या, गुसाना पहिचान गरी तिनीहरुको समाधान गर्ने कार्यमा सक्रियता देखाएको हो ।

तानसेन एमालेको अभियान : भाषण छोडेर कृषकलाई तालिम
शुक्रबार, चैत ९, २०८०
राजनीतिक दलहरुले भाषण गफ मात्रै गर्छन् भन्ने कुरा नेकपा एमाले तानसेन नगर कमिटीले शुक्रबार तोडेको छ ।

महरा हाजिरी जमानीमा छुुटे
शुक्रबार, चैत ९, २०८०
माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानीमा छुुटेका छन् । सुन तस्करी प्रकरणमा पक्राउ परेका उनको स्वास्थ्य अवस्थालाई हेरेर हाजिरी जमानतमा छाडिएको हो ।

देशभरका जिल्ला प्रशासनलाई गृहको निर्देशन
बिहीबार, चैत ८, २०८०
गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन जारी गरेको छ । शान्तिसुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमा सक्रिय भूमिका निर्वाह गरी नागरिकप्रतिको भरोसा अभिवृद्धि गर्न भन्दै मन्त्रालयले निर्देशन जारी गरेको हो ।

गिरिजाप्रसाद कोइरालाको सम्झना
बिहीबार, चैत ८, २०८०
नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सम्झाना गरिएको छ । उनको १४ औँ स्मृति दिवसका अवसरमा बुधबार नेपाली काँग्रेस, त्यसका भ्रातृ एवं शुभेच्छुक संस्थाहरुले देशभर विभिन्न कार्यक्रम गरी सम्झना गरेका हुन् ।

पूर्वसभामुख महरा पक्राउ
सोमबार, चैत ५, २०८०
पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि महरालाई कपिलवस्तुबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

तानसेनमा एमालेले सदस्यको परीक्षा लिदै
आइतबार, चैत ४, २०८०
नेकपा एमाले तानसेन नगर कमिटीले सबै पार्टी सदस्यहरुको परीक्षा लिन लागेको छ । एमालेले पार्टी सदस्यहरुको ज्ञानको पुर्नताजकी र क्षमता बढाउन परीक्षा लिन लागेको हो ।