एमालेको अवरोध कायमै : राष्ट्रिय सभा बैंठक पनि स्थगित
बिहीबार, साउन १८, २०८०
कोसी प्रदेशको मुख्यमन्त्री थापा नियुक्ती, शपथ भोलि
मंगलबार, साउन १६, २०८०
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई आजबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । थापा संविधानको धारा १६८ को उपधारा(२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
तरुण दल कालीगण्डकीको सभापतिमा श्रेष्ठ
आइतबार, साउन १४, २०८०
नेपाल तरुण दल कालीगण्डकी गाउँपालिका गुल्मीको सभापतिमा सुरेश श्रेष्ठ सर्वसमत निर्वाचित भएका छन् । दरुण दल पालिकाको प्रथम अधिवेशनले श्रेष्ठलाई सभापतिमा सर्वसमत निर्वाचित गरेको हो ।-
काँग्रेसको महासमिति बैठक मंसिरमा गर्ने
बुधबार, साउन १०, २०८०
नेपाली काँग्रेसले विधान महाधिवेशनको सट्टा महासमितिको बैठक आगामी मंसिरमा गर्ने भएको छ । केन्द्रीय कार्यसमितिको बैठकले नीति महाधिवेशनले गर्ने कार्य महासमितिको बैठकबाट गर्ने निर्णय गरेको हो ।
पूर्वउपप्रमुख खनालको निधन
आइतबार, साउन ७, २०८०
बुटवल उपमहानगरपालिकाका (साविक बुटवल नगरपालिकाका) पूर्वउपप्रमुख रामप्रसाद खनालको निधन भएको छ । दम बढेपछि बुटवलस्थित तिनाउ अस्पतालमा उपचाररत खनालको आइतबार बिहान निधन भएको हो ।
पाल्पामा चार दलले गरे समाजवादी मोर्चा गठन
आइतबार, साउन ७, २०८०
पाल्पामा चार दलले समाजवादी मोर्चा नेपाल गठन गरेका छन् । केन्द्रमा समाजवादी मोर्चा गठन भएसँगै पाल्पामा पनि सोही अनुरुप मोर्चा गठन गरिएको हो ।
वर्तमान सरकार बिपीको नीतिबाट प्रेरित :उपप्रधानमन्त्री खड्का
शनिबार, साउन ६, २०८०
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकार बिपी कोइरालाको नीतिबाट प्रेरित भइ देश र जनताको पक्षमा काम गरिरहेको बताए ।
उपप्रधानमन्त्री श्रेष्ठद्वारा विमानस्थल क्षेत्रको अनुगमन
शुक्रबार, साउन ५, २०८०
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र व्यवस्थापनसँग सम्बन्धित सबै निकायका प्रमुखसहित विमानस्थल व्यवस्थापन र सामान निकासी प्रक्रियाबारे आज अनुगमन गरी जानकारी लिएका छन् ।
एकीकृत समाजवादी पाल्पाका अध्यक्ष पाण्डेको सम्झनामा स्मृति कोषसँगै वृक्षारोपण
मंगलबार, साउन २, २०८०
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पाल्पाका अध्यक्ष खिमानन्द पाण्डे (कमल)को सम्झनामा स्मृति कोष स्थापनाको घोषणासँगै वृक्षारोपण गरिएको छ । असार २२ गते हृदयघातका कारण निधन भएका ५२ वर्षीय पाण्डेको सम्झनामा परिवारले स्मृति कोष स्थापना गर्ने घोषणा र वृक्षारोपण गरेको हो ।
काँग्रेसले ‘घरघर जाऔं, पार्टी सदस्य बनाऔं’ अभियान चलाउने
मंगलबार, साउन २, २०८०
नेपाली काँग्रेसले सदस्यता विस्तारका लागि अभियान चलाउने भएको छ । उसले नयाँ सदस्य थप्नका लागि ‘घरघर जाऔं, पार्टी सदस्य बनाऔं’ अभियान चलाउने भएको हो ।
दाहालको पार्थिव शरीर अन्त्येष्टिका लागि आर्यघाटमा
बुधबार, असार २७, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धर्मपत्नी स्वर्गीय सीता दाहालको पार्थीव शरीर अन्त्येष्टिका लागि पशुपतिनाथ आर्यघाटमा पुर्याइएको छ । श्रद्धाञ्जलीका लागि नेकपा (माओवादी केन्द्र) को कार्यालय पेरिसडाँडामा राखिएको दाहालको पार्थिव शरीरलाई दिउँसो २ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री दाहाललाई पत्नी शोक
बुधबार, असार २७, २०८०
नेकपा (ओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्नी शोक परेको छ । उनका पत्नी एवं माओवादी केन्द्रका सल्लाहकार सीताको आज बिहान नर्भिक अस्पतालमा निधन भएको थियो ।
ललिता निवासमा मेरो कुनै संलग्नता छैन : पूर्व प्रधानमन्त्री नेपाल
मंगलबार, असार २६, २०८०
पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ललिता निवासमा आफ्नो कुनै पनि संलग्नता नभएको बताएका छन् । उनले ललिता निवास जग्गा काण्डमा आफूले कुनै गल्ती नगरेको र दोषी माथि कडा छानविन हुनुपर्ने बताएका हुन् ।