Shittalpati
निजामती सेवा व्यवस्थापनमा सरकार गम्भीर नभएको भन्दै युनियनको ध्यानाकर्षण
निजामती सेवा व्यवस्थापनमा सरकार गम्भीर नभएको भन्दै युनियनको ध्यानाकर्षण नेपाल निजामती कर्मचारी युनियन गुल्मीले नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार नेपाल निजामती कर्मचारी युनियनले प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।
केपी ओलीलाई आउने चुनावमा धुलो चटाउँछौं : नेता नेपाल
केपी ओलीलाई आउने चुनावमा धुलो चटाउँछौं : नेता नेपाल पूर्वप्रधानमन्त्री तथा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई आउने चुनावमा धुलो चटाउने बताएका छन् ।
बहुमत प्राप्त एमालेमा व्यक्तिवादी प्रवृत्ति हावी : झाँक्री
बहुमत प्राप्त एमालेमा व्यक्तिवादी प्रवृत्ति हावी : झाँक्री सहरी विकास मन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सचिव रामकुमारी झाँक्रीले दुई तिहाइ प्राप्त गरेको नेकपा एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको बताएकी छन् ।
जनताको समृद्धिका लागि काँग्रेसलाई मतदान : सभापति पन्थी
जनताको समृद्धिका लागि काँग्रेसलाई मतदान : सभापति पन्थी पाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले विकास र जनताको समृद्धिका लागि आगामी निर्वाचनमा नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न आग्रह गरेका छन् ।
काँग्रेस पाल्पाले सम्झियो सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीलाई
काँग्रेस पाल्पाले सम्झियो सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीलाई नेपाली काँग्रेस पाल्पाले सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीहरुलाई सम्झिएको छ । उसले देशमा लोकतान्त्रिक व्यवस्था ल्याउनमा अहम भूमिका खेलेका सेवा निवृत्त कर्मचारीहरुलाई पार्टी कार्यालयमा राखेर अन्तक्र्रियासँगै छलफल गराई उनीहरुको योगदानको कदर गर्दै सम्झिएको हो ।
तानसेन १ मा एमालेको कमिटी गठन
तानसेन १ मा एमालेको कमिटी गठन नेपाल कम्युनिष्ट पार्टी एमालेले तानसेन नगरपालिका १ मा विभिन्न टोल कमिटी गठन गरेको छ । एमालेले वडाको प्रगतिशिल आमटारी तल्लो गैरागाउ र बराङ्दीको नारायणडाँडामा टोल कमिटी गठन गरेको हो ।
पाल्पामा काँग्रेसको वृहत भेला, जनताको घर–घरमा पुगेर एमसीसीबारेको दुष्प्रचार र भ्रम चिर्ने
पाल्पामा काँग्रेसको वृहत भेला, जनताको घर–घरमा पुगेर एमसीसीबारेको दुष्प्रचार र भ्रम चिर्ने नेपाली काँग्रेस पाल्पाले वृहत जिल्ला भेला गरेको छ । काँग्रेसले ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान अन्तर्गत आइतबार तानसेनमा वृहत जिल्ला भेला आयोजना गरेको हो । भेलामा बोल्ने अधिकांश वक्ताहरुले जनताको घर–घरमा पुगेर एमसीसीबारे छरिएका भ्रम र दुष्प्रचार चिर्ने बताएका छन् ।
प्रतिनिधिसभाको बैठक चैत २ गते
प्रतिनिधिसभाको बैठक चैत २ गते प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते बुधबार बस्‍ने भएको छ । एमालेको अवरोधबीच आइतबार सञ्चालन भएको बैंठकमा केही प्रस्ताव पेश गर्दै अर्को बैंठक चैत २ गेत रखिएको हो ।
आवश्यकता अनुसार स्थानीयतहमा गठबन्धन हुन्छ : काँग्रेस नेता कोइराला
आवश्यकता अनुसार स्थानीयतहमा गठबन्धन हुन्छ : काँग्रेस नेता कोइराला नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले स्थानीयतहमा आवश्यकताका आधारमा मात्र गठबन्धन हुने बताएका छन् । काँग्रेसले सञ्चालन गरेको घर–घर जाऔं, काँग्रेस जिताऔं अभियान सफल बनाउन केन्द्रबाट प्रतिनिधिको रुपमा गुल्मी आएका कोइरालाले आइतबार बीपी स्मृति भवन तम्घासमा आयोजित पत्रकार सम्मेलनमा स्थानीय तहको निर्वाचनमा आवश्यकताका आधारमा मात्र गठबन्धन गरिने उल्लेख गरे ।
कम्युनिष्टले गरेका झुठा प्रचारको भ्रम चिर्न काँग्रेस गाउँ–गाउँमा : नेता कोईराला
कम्युनिष्टले गरेका झुठा प्रचारको भ्रम चिर्न काँग्रेस गाउँ–गाउँमा : नेता कोईराला नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिनेश कोईरालाले कम्युनिष्टले गरेका झुठा प्रचारको भ्रम चिर्न नेपाली काँग्रेस गाउँ–गाउँ जाँदै गरेको बताएका छन् । काँग्रेस अभियानका लागि केन्द्रीय प्रतिनिधिका रुपमा गुल्मी आएका नेता कोइरालाले तम्घासमा आयोजना गरिएको वृहत भेलालाई सम्बोधन गर्दै अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को विषयमा कम्युनिष्टहरुले अफबाह फैलाएकाले त्यसलाई...
लुम्बिनी प्रदेश काँग्रेसले उपसभापति श्रेष्ठलाई दियो प्रशिक्षणको जिम्मेवारी
लुम्बिनी प्रदेश काँग्रेसले उपसभापति श्रेष्ठलाई दियो प्रशिक्षणको जिम्मेवारी नेपाली काँग्रेस लुम्बिनी प्रदेशले उप–सभापति भुवनप्रसाद श्रेष्ठलाई प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी प्रदान गरेको छ । पार्टीको नियमावलीको धारा ३३ को २ (क) बमोजिम सभापति अमर सिंह पुनले उप–सभापति श्रेष्ठलाई प्रशिक्षण विभागको प्रमुखमा चयन गरेका हुन् ।
नेपालमा दोब्बरले मूल्यवृद्धि हुने खतरा : बिष्ट
नेपालमा दोब्बरले मूल्यवृद्धि हुने खतरा : बिष्ट नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण बिष्टले नेपालमा दोब्बरले मूल्यवृद्धि हुने खतरा निरन्तर बढिरहेको बताएका छन् । गृह जिल्ला गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ३ मा निर्माण गरिएको एकीकृत बस्तीमा पीडितहरुलाई घर हस्तान्तरण गर्दै बिष्टले नेपालमा दोब्बरले मूल्यवृद्धि हुन सक्ने खतरा बढिरहेको बताएका हुन् ।
Weather Update