पाल्पा काँग्रेसले मनोनीत गर्यो सल्लाहकार, सदस्य र प्रवक्ता
सोमबार, फागुन २३, २०७८

गुल्मी काँग्रेसको मध्य–समीक्षात्मक बैंठक
सोमबार, फागुन २३, २०७८
‘गुल्मी काँग्रेसको अठोट : सबल वडा, सक्षम टोल’ अभियानको जिल्लाका ९३ वटै वडामा मध्य–समीक्षात्मक बैठक भएको छ । गत पौष २७ गते जिल्लाका ९३ वटै वडामा प्रतिनिधि खटाएर सुभाराम्भ गरिएको अभियानको मध्य–समीक्षात्मक बंैठक भएको हो ।

काँग्रेसको सोमादीमा भेला : कार्यकर्तालाई उत्पादनसँग जोड्ने
आइतबार, फागुन २२, २०७८
नेपाली कांँग्रेसले जिल्लाको रैनादेवी छहरा गाउँपालिका –२ सोमादीमा वृहत भेला आयोजना गरेको छ । नेपाली काँग्रेस वडा कार्यसमितिको आयोजनामा भेला भएको हो ।

गुल्मी तरुण दलको वृहत प्रशिक्षण
शुक्रबार, फागुन २०, २०७८
गुल्मीमा नेपाल तरुण दलको वृहत् प्रशिक्षण कार्यक्रम गरिएको छ । नेपाल तरुण दल रेसुङ्गा नगरपालिका वडा नम्बर ८ को आयोजनामा गर्जुरामा वृहत् प्रशिक्षण कार्यक्रम गरिएको हो ।

गुल्मी काँग्रेसको प्रदेश क्षेत्रीय कार्यालय उद्घाटन
शुक्रबार, फागुन २०, २०७८
नेपाली काँग्रेस गुल्मीको प्रदेश क्षेत्रीय कार्यसमितिको पार्टी कार्यालय उद्घाटन गरिएको छ । इस्मा गाउँपालिका – २, छल्दीमा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा (क) को पार्टी कार्यालय उद्घाटन गरिएको हो । कार्यालयको नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उप–सभापति भुवनप्रसाद श्रेष्ठले उद्घाटन गरेका हुन् ।

एमसीसी अनुमोदन, सडकमा चर्कियो आन्दोलन
मंगलबार, फागुन १७, २०७८
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता संसद् सचिवालयमा दर्ता भएको साढे दुई वर्षपछि अनुमोदन भएको छ । सत्ता गठबन्धनले १२ बुँदे ‘व्याख्यात्मक घोषणा’ सहित सम्झौतालाई आइतबार प्रतिनिधिसभाबाट बहुमतले अनुमोदन गरेको हो ।

पाल्पामा ७ जना बन्दकर्ता पक्राउ
सोमबार, फागुन १६, २०७८
अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएको विरोधमा ६ दलीय मोर्चाले गरेको बन्दका क्रममा पाल्पामा ७ जना प्रदर्शनकारी पक्राउ परेका छन् । तानसेनको आन्दोलनचोकमा जबर्जस्ती भेला गराएर सडक अबरोध गरेको भन्दै पाल्पा प्रहरीले सात जना प्रदर्शनकारीलाई पक्राउ गरेको हो ।

एमसीसी सम्झौता संसदबाट अनुमोदन
सोमबार, फागुन १६, २०७८
प्रतिनिधि सभाबाट एमसीसी सम्झौता अनुमोदन भएको छ । सत्ता गठबन्धनले १२ बुँदे ‘व्याख्यात्मक घोषणा’ सहित सम्झौतालाई बहुमतले अनुमोदन गरेको हो ।

एमसीसीमाथि सैद्धान्तिक छलफलको प्रस्ताव बहुमतले स्वीकृत
आइतबार, फागुन १५, २०७८
प्रतिनिधसभाबाट एमसीसीमाथिको सैद्धान्तिक छलफलको प्रस्ताव बहुमतले पारित भएको छ । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

गुल्मी काँग्रेसको कार्यसम्पादन समिति गठन
शनिबार, फागुन १४, २०७८
नेपाली काँग्रेस गुल्मीले कार्यसम्पादन समिति गठन गरेको छ । नेपाली काँग्रेसको शनिबार बसेको जिल्ला कार्यसमिति बैठकले कार्यसम्पादन समिति गठन गरेको हो ।

प्रतिनिधिसभाको बैठक पुनः स्थगित
शनिबार, फागुन १४, २०७८
प्रतिनिधि सभा बैठक पुनःस्थगित भएको छ । अमेरिकी सहायता परियोजना एमसीसीमा सहमति जुट्न नसेकपछि शुक्रबारका लागि बोलाइएको बैंठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको हो ।

नेतृत्व सत्तामा, नेता–कार्यकर्ता सडकमा
शुक्रबार, फागुन १३, २०७८
माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी वर्तमान सरकारका सहयात्री हुन् । यी दल सरकारी एजेन्डा एमसीसी पारित गर्न नदिने भनेर सार्वजनिक रुपमा भनेका छन् । एकातिर एमसीसी पारित गर्न नदिने भनेर सडक र संसद दुवैमा आन्दोलन गर्ने, अर्काेतिर गठबन्धन र सरकार नछाड्ने दोहोरो चरित्र यी दलले प्रदर्शन गर्दै...

पाल्पामा पनि एमसीसी विरोधी प्रदर्शन
बिहीबार, फागुन १२, २०७८
एमसीसीका विरुद्धमा अहिले देशभर नै विरोध प्रदर्शन भइरहेको छ । पाल्पामा पनि सत्ताधारी दलहरु नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा सहित नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमुक्ती पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) ले एमसीसी खारेजीको माग राख्दै विरोधमा उत्रिएका छन् ।