तानसेनमा वडास्तरीय ब्याडमिन्टनको उपाधि घिमिरे र भण्डारीलाई
शनिबार, चैत २, २०८१

तानसेनमा वडास्तरीय रनिङ शिल्ड ब्याडमिन्टन प्रतियोगिता
शनिबार, चैत २, २०८१
जिल्लाको तानसेन नगरपालिका–२ अमर नारायण फूूलबारीमा वडास्तरीय रनिङ शिल्ड ब्याडमिन्टन प्रतियोगिता भएको छ । नारायण युवा क्लवको आयोजना, वडा कार्यालयको सहयोग, जिल्ला व्याडमिन्टन संघ पाल्पाको समन्वय र अमर नारायण फूलबारी कर्भड हल व्यवस्थापन समितिको व्यवस्थापनमा प्रतियोगिता भएको हो ।
रामपुरमा पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता
शनिबार, फागुन १७, २०८१
जिल्लाको रामपुर नगरपालिकामा पाँचौं राष्ट्रपति रनि· शिल्ड प्रतियोगिता भएको छ । रामपुर नगरपालिकाको आयोजना र दरैठाँटी माध्यमिक विद्यालयको व्यवस्थापनमा पाँचौ संस्करणको प्रतियोगिता शुक्रबारबाटदेखि भएको भएको हो ।

एक्स्ट्राटेक ओभल मैदानमा फ्लडलाइटको परीक्षण सम्पन्न
शुक्रबार, फागुन १६, २०८१
रुपन्देहीको एक्स्ट्राटेक ओभल मैदानमा जडान भएको फ्लडलाइटको परीक्षण सम्पन्न भएको छ । शुक्रबारराति पाँच वटै फ्लडलाइटको परीक्षण गरिएको हो ।

दशौँ राष्ट्रिय खेलकुद फेरि सर्यो
बिहीबार, फागुन १५, २०८१
१०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना मिति फेरि सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बिहीबार बसेको बोर्ड बैठकले दशौँ राष्ट्रियको नयाँ मिति तोकेको हो ।

रामपुरमा भएको प्रथम अकला कपको उपाधि मोहमीलाई
बुधबार, माघ ९, २०८१
प्रथम अकला कप २०८१ को उपाधि मोहमी युवा क्लव चापाकोट –६ स्याङ्जाले हात पारेको छ । अकला युथ क्लव रामपुर –७ आमडाँडा पाल्पाको आयोजनामा भएको खुल्ला टोल स्तरीय पुरुष भलिबल प्रतियोगितामा लाङ्घाली उत्थान समाज पूर्वखोला १ सिलुवालाई सोझो सेटमा हराउँदै क्लवले उपाधि हात पारेको हो ।

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि रेसुङ्गा माविलाई
मंगलबार, माघ ८, २०८१
जिल्लाको रेसुङ्गा नगरपालिकाले सञ्चालन गरेको छैठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि रेसुङ्गा मावि तम्घासले हात पारेको छ । तम्घासको चिदीचौर खेल मैदानमा सञ्चालन भएको अन्तर विद्यालय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा १२ स्वर्ण, १० रजत, ४ कास्य प्राप्त गर्दै रेसुङ्गा माविले उपाधि जित्न सफल भएको हो ।

कटौजेपानीमा पालिकास्तरीय क्रिकेट प्रतियोगिता हुँदै
शुक्रबार, पुस २६, २०८१
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाको कटौजेपानी खेलमैदानमा पालिकास्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । रैनादेवी छहरा गाउँपालिकाले यही पौष २८ गतेदेखी २९ गतेसम्म पाँचौं अध्यक्ष कप अन्र्तगत पालिकास्तरीय प्रतियोगिता गर्न लागेको हो ।

दोस्रो टेस्ट क्रिकेटमा जिम्बावेको हार
सोमबार, पुस २२, २०८१
दोस्रो टेस्ट क्रिकेटमा अफगानिस्तानले जिम्बावेलाई ७२ रनले हराएको छ । योसँगै अफगानिस्तानले दुई खेलको टेस्ट शृङ्खला १–० ले जितेको छ ।

चर्च ब्वाइजको पुनरागमन जित
शुक्रबार, पुस १२, २०८१
एन्फा यू–१६ युथ लिगमा चर्च ब्वाइज युनाइटेडले विजयी सुरुवात गरेको छ । शुक्रबारदेखि सुरु भएको एन्फा यू–१६ लिगमा चर्च ब्वाइजले संकटाविरुद्ध २–१ को पुनरागमन जित हात पारेको हो ।

गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
आइतबार, पुस ७, २०८१
गुल्मीको मुसिकोट नगरपालिका–७ वामीटक्सार बजारमा यही पुस १२ देखि २१ गतेसम्म पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । दोस्रो मुसिकोट महोत्सवका अवसरमा मुसिकोट नगरपालीकामा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

लोकतान्त्रिक खेलकुद संघ पाल्पाको अध्यक्षमा महर्जन नियुक्त
बुधबार, मंसिर २६, २०८१
नेपाल लोकतान्त्रिक खेलकुद संघ पाल्पाको अध्यक्षमा रूपेश महर्जन नियुक्त भएका छन् । उनलाई मंगलबार लोकतान्त्रिक खेलदकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र कुमार शेरचनले खेलकुद संघको विधान २०७९ को भाग ६ को २४ बमोजिम पाल्पा जिल्लाको अध्यक्षको रुपमा नियुक्त गरेका हुन् ।