Shittalpati
जिल्ला भलिबल संघ पाल्पामा नयाँ नेतृत्व

पाल्पा, जिल्ला भलिबल संघ पाल्पामा नयाँ नेतृत्व आएको छ । संघको तानसेनमा भएको तेस्रो अधिवेशनले  चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।

अधिवेशनले राजु गुरुङ्गको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा नारायण शारू,देबबहादुर गाहा चयन भएका छन् । यस्तै महासचिवमा कृष्णबहादुर आले,कोषाध्यक्षमा दिलबहादुर गाहालाई चयन गरिएको संघले जनाएको छ । संघको सदस्यहरूमा दिपक चौहान,सुशीला गोदार, कमल राना, हिमाल हिस्की, चिरन फाल, प्रिति शाह, तारा बहादुर थापा, पदेना सदस्यमा पदम न्यौपाने,मनोनित सदस्यहरुमा रोशन गाहा, मोहन दर्लामी रहेका छन् । त्यस्तै अधिवेशनले केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधि समेत चयन गरेको छ । जस अन्तर्गत केन्द्रीय प्रतिनिधिमा पदम न्यौपाने, प्रदेश प्रतिनिधिमा प्रकाश श्रेष्ठ र अनन्तप्रसाद श्रेष्ठ रहेका छन् ।

अधिवेशनको उद्घाटन प्रमुख अतिथि तथा नेपाल भलिबल संघका केन्द्रीयका उपाध्यक्ष निरोज मास्केले उद्घनाटन गरेकी हुन् । अधिवेशनको उद्घाटन गर्दै केन्द्रीय उपाध्यक्ष मास्केले जिल्लाको भलिबल क्षेत्रको विकासमा सक्रिय भएर लाग्न नयाँ नेतृत्वलाई आग्रह गरेकी छन् । उनले पाल्पालाई भलिबल खेलको हव बनाउने गरी आफ्ना गतिविधिहरुलाई अगाडि बढाउन संघलाई अनुरोध गरिन् । विशिष्ट अतिथि पाल्पाली संगमका अध्यक्ष पदम न्यौपानेले राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने दिशामा संघ लाग्नुपर्नेमा जोड दिए ।

संघका निवर्तमान अध्यक्ष नेत्रबहादुर गाहाले पाल्पाको भलिबल क्षेत्रको विकासमा सबै क्षेत्रले ध्यान दिन सके जिल्लालाई खेलको रुपमा चिनाउन सकिने धारणा व्यक्त गरे । नवनिर्वाचित अध्यक्ष गुरूङले जिल्लाको समग्र भलिबल खेलको संरक्षण र खेलाडीको हकहितका निम्ती आफु सधै सक्रिय रुपमा लाग्ने प्रतिवद्धता व्यक्त गरे । नवनिर्वाचित संघका महासचिव कृष्ण आलेले एनजेडीसँग कुरा गर्दै आफुहरु नयाँ खेलाडी उत्पादनमा विशेष जोड दिने बताए । उनले खेलमैदानको अभाव रहेकाले स्थानीय सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । कार्यक्रममा शिक्षा विकास समन्वय इकाई पाल्पाका प्रमुख महेन्द्र सुवेदी, जिल्ला खेलकूद विकास समिति पाल्पाका कार्यकारी निर्देशक तारा बहादुर थापा लगायतले खेलको विकासमा सक्रिय भएर लाग्न नयाँ नेतृत्वलाई आग्रह गरे । संघका सदस्य नारायण सारुको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

 

प्रकाशित मिति: सोमबार, असार ६, २०७९  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update