त्रिदेशीय कपको उपाधि विजेतालाई १ लाख पुरस्कार
बुधबार, चैत १८, २०७७
बंगलादेशलाई हरायो नेपालले
सोमबार, चैत १६, २०७७
सन्जोगले खेलको १८ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । डेब्यु प्रतियोगितामै उनले गोल गर्न सफल भएका हुन् ।
गुल्मीको मदानेमा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
शनिबार, चैत १४, २०७७
गुल्मी जिल्लाको मदाने गाउँपालिकाद्वारा गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिएको छ । गाउँपालिकाको वडा नं. ४, म्यालपोखरी स्थित मेहलेपोखरी माध्यामिक विद्यालयको खेलमैदानमा शनिबार देखि प्रतियोगिता सञ्चालन गरिएको हो ।
नेपालले वैशाखमा त्रिदेशीय टी–२० शृङ्खला खेल्न
शनिबार, चैत १४, २०७७
नेपाली राष्ट्रिय क्रिकेट टोलीले यही वैशाखमा कीर्तिपुर क्रिकेट मैदानमा त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला खेल्ने भएको छ । नेपालसहित नेदरल्याण्ड्स र मलेसियाबीचको शृङ्खला यही वैशाख ४ देखि ११ गतेसम्म हुने नेपाल त्रिकेट संघ(क्यान) ले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
डबल राउण्ड रोबिनको आधारमा हुने शृङ्खलामा शीर्ष दुई टोली फाइनलमा पुग्ने छन् ...
नेपाल र कीर्गिस्तान गोलरहित बराबरी
शुक्रबार, चैत १३, २०७७
त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत नेपाल र कीर्गिस्तानको ओलम्पिक टिमबीचको खेल पहिलो हाफसम्म गोलरहित बराबरीमा छ । बिहीबार दशरथ रंगशालामा भइरहेको खेलमा पहिलो हाफ सकिँदा दुवै टोलीले गोल गर्न सकेका छैनन् ।घरेलु दर्शकको अगाडि घरेलु मैदानमा खेलिरहेको नेपालले पहिलो हाफमा गोलका केही अवसर पाए पनि गोल गर्न सकेन ।
बार्सिलोनाको उत्कृष्ट प्रदर्शन कायमै
बुधबार, चैत ११, २०७७
स्पेनिस क्लब बार्सिलोनाले २०२१ मा उत्कृष्ट प्रदर्शनलाई कायम राखेको छ । सन् २०२०–२१ को सिजनमा खराब शुरुवात गरेको बार्सिलोनाले नयाँ वर्ष शुरु भएपछि ला लिगामा स्थिर प्रदर्शन जारी राखेको छ । क्याटलान क्लबले ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडसँग अंकदूरी ४ मा झारेको छ र उपाधि होडमा पनि आफूलाई...
माथागढीमा खेलकुद तथा सांस्कृतिक महोत्सव हुँद
सोमबार, चैत ९, २०७७
जिल्लाको माथागढीमा गाउँपालिका स्तरीय खेलकूद तथा सांस्कृतिक महोत्सव हुन लागेको छ । खेल क्षेत्रको विकास र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आगामी बैशाख ९ गतेदेखि ११ गतेसम्म महोत्सव हुन गइरहेको छ । तीन दिनसम्म सञ्चालन हुने महोत्सव वडा नम्बर ३ कसेनी सराईको फुलबारीमा हुने गाउँपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष मधुपराजुलीले जानकारी...
वल्र्ड च्याम्पियनसीपका लागि सुष्मा छनोट
बुधबार, चैत ४, २०७७
नेपाली बक्सर सुष्मा तामाङ आइवा युथ वल्र्ड बक्सिङ च्याम्पियनसीपका लागि छनोट भएकी छन् । उनी ४८ केजी तौल समूहमा छनोट भएकी हुन् । छनोटमा उनले आफ्नी प्रतिद्वन्द्वी आरडीएस क्लबकी रमिला श्रेष्ठमाथि अंकका आधारमा ३–२ को कठिन जित हात पार्दै छनोटमा परेको छन् ।
‘खेलाडी उत्पादनमा स्थानीय सरकार प्रतिवद्ध’
आइतबार, चैत १, २०७७
बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले खेलाडी उत्पादनमा स्थानीय सरकार प्रतिवद्ध भएर लागेको बताएका छन् । रञ्जन युवा क्लव खानीगाउँ पाल्पाले आयोजना गरेको क्लवस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेता समूहलाई पुरस्कार वितरण गर्दै अध्यक्ष बस्यालले यस्तो बताएका हुन् ।
पुरुष भलिवलको उपाधि स्याङ्जालाई
शनिबार, फागुन २९, २०७७
क्लवस्तरीय पुरुष भलिवल प्रतियोगिताको उपाधि स्याङ्जाको लम्पेकले हात पारेको छ । निरञ्जन युवा क्लव खानीगाउँ पाल्पाले आयोजना गरेको प्रतियोगितामा स्याङ्जा कालीगण्डकी गाउँपालिका ३ बारिचौरलाई पराजित गदै लम्पेकले उपाधि हात पारेको हो ।
गुल्मीमा राष्ट्रपति रनिङ शिल्ड हुँदै
शुक्रबार, फागुन २१, २०७७
गुल्मीमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा ११ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुन लागेको हो ।
गुल्मीमा माविस्तरको फुटबल प्रतियोगिता हुँदै
मंगलबार, फागुन १८, २०७७
गुल्मीमा जिल्लास्थित माध्यमिक विद्यालयस्तरीय (कक्षा–१०) पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । जिल्लाको सदरमुकाम तम्घास रहेको चिदीचौर खेल मैदानमा फोर्टिन स्टार युवा क्लबको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो ।
खेलकुद पत्रकार अर्याल पुरस्कृत
सोमबार, फागुन १७, २०७७
युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्दै आएको खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार पाल्पाका खेलकुद पत्रकार माधव अर्याललाई प्रदान गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयले एक कार्यक्रम गरेर पत्रकार अर्याललाई आइतबार पुरस्कार प्रदान गरेको हो । अर्यालले नगद २५ हजार रुपैयाँ सहित सम्मान पत्र हात परेका छन् ।