तानसेनबाट नगदसहित नौं जुवाडे पक्राउ
बिहीबार, साउन १०, २०८१
जुवा खेलिरहको अवस्थामा तानसेनबाट नगदसहित नौं जना जुुवाडे पक्राउ परेका छन् । तानसेन नगरपालिका–६ भिमसेन टोलका ४९ वर्षीय शैलेन्द्र (अनन्त) बहादुर थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा थापासहित ९ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
रिब्दीकोट गाउँपालिकामा आर्थिक अनियमितता : कृषि अनुदानदेखि सवारी भाडामा मनलागी खर्च
बुधबार, साउन ९, २०८१
पाल्पाको रिब्दीकोट गाउँपालिकाले चरम आर्थिक अनियमितता गरेको पाइएको छ ।
रामपुरका कर्मचारीलाई अभिमुखीकरण
बुधबार, साउन ९, २०८१
जिल्लाको रामपुर नगरपालिकाको सेवा करारमा कार्यरत कर्मचारीहरुको लागि अभिमुखीकरण कार्यक्रम गरिएको छ । नगरपालिकाले करारमा कार्यरत कर्मचारीलाई थप जिम्मेवार बनाउनुका साथै उनीहरुको समस्या पहिचान गरी सम्बोधन गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम गरेको हो ।
पूर्वखोला गाउँपालिकामा बेथिति : खरिद ऐनविपरीत पत्रिकामा सूचना ननिकाली लाखौंको औषधि खरिद
मंगलबार, साउन ८, २०८१
जिल्लाको पूर्वखोला गाउँपालिकाले आर्थिक स्रोतको चरम दुरुपयोग गरी मनपरी खर्च गर्ने गरेको पाइएको छ । जनप्रतिनिधि र कर्मचारीले आफूखुशी आर्थिक स्रोतको दोहन गरेको महालेखा परीक्षकको कार्यालयले ६१ औं प्रतिवेदनमार्फत औंल्याएको छ ।
तिनाउ गाउँपालिकामा आर्थिक अनियमितता : करार कर्मचारी नियुक्तदेखि कुखुराका चल्ला वितरणमा मनलागी खर्च
सोमबार, साउन ७, २०८१
पाल्पाको तिनाउ गाउँपालिकाले चरम आर्थिक अनियमितता गरेको पाइएको छ । महालेखा परीक्षकको आर्थिक वर्ष ०७९÷०८० को प्रतिवेदनअनुसार सरकारी बजेट खर्च गर्दा स्थानीय तहले अपनाउनुपर्ने वित्तीय अनुशासनको बेवास्ता गरी उसले सरकारी रकम जथाभावी दुरुपयोग गरेको पाइएको हो ।
खानेपानीका मुहान संरक्षण गर्न वृक्षारोपण गर्दै तानसेन खानेपानी समिति
शनिबार, साउन ५, २०८१
तानसेन खानेपानी उपभोक्ता समितिले तानसेनका विभिन्न ऐतिहासिक तथा धार्मिक क्षेत्रहरुमा वृक्षारोपण गरेको छ । समितिले ‘रुख रोपौं मूलको संरक्षण गरौँ’ भन्ने नारासहित अमर नारायण मन्दिर क्षेत्रका साथै तीनधारामा वृक्षरोपण गरेको हो ।
तानसेनमा जेसिज सप्ताह
शनिबार, साउन ५, २०८१
जिल्लाको सदरमुकाम तानसेनमा जेसिज सप्ताह २०२४ सुुरु भएको छ । पाल्पा जेसिजको आयोजनामा साउन १० गतेसम्म सञ्चालन हुने जेसिज सप्ताह शुक्रबारदेखि सुरु भएको हो । सप्ताहको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले शुभारम्भ गरेका हुन् । कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख श्रेष्ठले युवाहरुको नेतृत्व र व्यक्ति विकासमा महत्वपूर्ण भूमिका खेल्दै...
गुल्मीमा राहदानीबाट ६ करोड भन्दा बढी राजस्व संकलन
शुक्रबार, साउन ४, २०८१
जिल्ला प्रशासन कार्यालय गुल्मीले आर्थिक वर्ष २०८०/८१ मा राहदानीबाट मात्र ६ करोडभन्दा बढीको राजस्व संकलन गरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले सबैभन्दा बढी राजस्व राहदानीबाट संकल भएको जानकारी दिए । १२ हजार चार सय ५० राहदानी वितरण गर्दा आर्थिक वर्ष २०८०/८१ मा ६ करोड ३३ लाख रुपैयाँ संकल...
मेहन्दी र हरियो चुरामा युवतीहरुको बढ्दो मोह
बिहीबार, साउन ३, २०८१
साउन सुरु भएसँगै तानसेन भगवती टोलकी मनिषा आलेले दुबै हातका पाखुराभरी हरिया चुरा लगाइन । चुरा मात्रै होइन उनले दुबै हत्केलामा बुट्टेदार मेहन्दी पनि लगाएकी छन् । आमा, दिदीहरुले गर्दै आएको परम्परालाई निरन्तरता दिएको उनले बताइन् ।
बुटवल उपमहानगरपालिकाका : निर्माण कार्यको ठेक्का पहिलो चौमासिकमै गर्न निर्देशन
बुधबार, साउन २, २०८१
बुटवल उपमहानगरपालिकाले अन्तिम चौमासिकमा काम गर्ने र स्तरीय काम नहुने परिपाटीको अन्त्य गर्न पहिलो चौमासिकमै निर्माण कार्यको ठेक्का लगाउन सम्बन्धित शाखाका कर्मचारीलाई निर्देशन गरेको छ । बुधबार नगर प्रमुख खेलराज पाण्डेयले महाशाखा, शाखा प्रमुख र वडासचिवहरुसहितको बैठकमा भौतिक पूर्वाधार विकासतर्फका कामको टेण्डर पहिलो चौमासिकमा सक्ने र तेश्रो चौमासिक शुरुमै पूरा...
एक वर्षमा सर्पको टोकाइबाट १० जनाको मृत्यु
सोमबार, असार ३१, २०८१
यही असार १२ गते दिउँसो घर नजिकै बारीमा घाँस काट्दै गरेका तुलसीपुर उपमहानगरपालिका– १९ बाँसगढीका ५५ वर्षीय पारु चौधरीलाई सर्पले डस्यो । बायाँ हातमा सर्पले डसेका चौधरीलाई परिवारका सदस्य अस्पताल पुर्याउनुको साटो झारफुकतिर लागे । बिरामीको अवस्था नाजुक बन्न थाल्यो त्यसपछि मात्रै चौधरीलाई अस्पताल लैजाने तरखर भयो । जतिबेला समय...
स्थानीय तहमा मनपरी खर्च, भत्ता र भ्रमणमै बढी
आइतबार, असार ३०, २०८१
जिल्लाका पालिकाले मनपरी खर्च गरेको महालेखा परीक्षकको कार्यालयले औँंल्याएको छ । आर्थिक वर्ष २०७९/०८० मा गरेको लेखापरीक्षणमा पाल्पाका १० वटा पालिकाहरुले मनपरी ढंगले २७ करोड ९० लाख ९२ हजार खर्च गरेको भनी त्यसलाई बेरुजु देखाइएको छ । अघिल्लो वर्ष यस आर्थिक वर्षको बेरुजु कम भए पनि मनपरी रुपमा खर्च गर्ने...