Shittalpati
बजारमा भिड छ, व्यापार छैन
बजारमा भिड छ, व्यापार छैन पाल्पासहित देशैभरका विभिन्न शहरमा दसैंको चहलपहल बढेको छ । लत्ताकपडा, खाद्यान्नदेखि सवारी साधन किनबेच हुने हुँदा दसैं व्यापार–व्यवसाय गर्नेहरुका लागि सबैभन्दा ठूलो सिजन हो ।
विरामीलाई आर्थिक सहयोग
विरामीलाई आर्थिक सहयोग नारायण युवा क्लव तानसेन र अमर नारायण कभर्डहल व्यवस्थापन समितिले विरामीलाई आर्थिक सहयोग गरेका छन् । क्लवका सदस्य रमेश रजाककी आमा कमला रजाकको श्वास्प्रश्वासमा समस्या भई आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि क्लव र कभर्डहल समितिले रकम संकलन गरी आर्थिक सहयोग गरेका हुन् ।
प्रेस चौतारी पाल्पाले शितलपाटीकर्मी पोखरेलसहित ८ पत्रकारलाई पुरस्कृत गर्ने
प्रेस चौतारी पाल्पाले शितलपाटीकर्मी पोखरेलसहित ८ पत्रकारलाई पुरस्कृत गर्ने प्रेस चौतारी नेपाल पाल्पा शाखाले वार्षिक रुपमा वितरण गर्दै आएको प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट शितलपाटी डटकमका पाल्पा संवाददाता कृष्ण पोखरेलसहित ८ जना पत्रकारहरु लाई पुरस्कृत गर्ने भएको छ । शाखाले विजय दशमी, शुभ दिपावली नेपाल संवत, छठ पर्वको अवसरमा शुभकामना आदानसँगै पुरस्कार घोषणा कार्यक्रम गरी पुरस्कृत हुने पत्रकारहरुको नाम सार्वजनिक...
दसैंमा रातो माटो र कमेरोले पोतिन छोडे गाउँका घर
दसैंमा रातो माटो र कमेरोले पोतिन छोडे गाउँका घर केही वर्ष अगाडिसम्म पाल्पा र गुल्मीका ग्रामीण क्षेत्रमा जब दसैं शुरु हुन्थ्यो, तब गाउँमा घर रङ्गाउने चटारो हुन्थ्यो । बारीमा रहेको रातोमाटो र सेतो कमेरो निकाल्न भ्याइनभ्याइ हुन्थ्यो । गाउँघरका मुलबाटो, गोरेटो खन्न गाउँभरीका मानिसहरु जमघट हुन्थे । दाउरा संकलन गर्थे । सेल रोटी पकाउन र मासुका लागि स्कुल बिदा...
तानसेन खानेपानीको सेवा नयाँ कार्यालयबाट   
तानसेन खानेपानीको सेवा नयाँ कार्यालयबाट    तानसेन खानेपानी उपभोक्ता समितिले आफ्नो सेवा नयाँ कार्यालयबाट दिन थालेको छ । समितिले विहीबारदेखि पहिलेको ठाउँबाट केही तल तानसेन –३ भगवती टोलस्थित पहिलेको मोनिका गेष्ट हाउस र हालको होटल तानसेन सिटी भएको घरबाट सेवा दिन थालेको हो ।
माउन्ट भ्यालीमा टिका र जमरा लगाइदिएर विद्यार्थीलाई दसैं छुट्टी
माउन्ट भ्यालीमा टिका र जमरा लगाइदिएर विद्यार्थीलाई दसैं छुट्टी जिल्लाको माथागढी गाउँपालिकाको सराइमा रहेको माउण्ट भ्याली इङ्गलिस स्कूलले निधारमा टिका, हातमा दक्षिणा र कानमा जमरा लगाइँदिदै विद्यार्थीलाई दसैं छुट्टी दिएको छ । नेपालीहरुको महान चाड बडा दसैं नजिकै जादाँ स्कुलले शिक्षक, कर्मचारीहरुबिच टिका जमरा लगाएर शुभकामना आदान–प्रदान गरी दसैं छुट्टी गरेको हो ।
पहिरोले बर्तुङ–राम्दी सडक अवरुद्ध
पहिरोले बर्तुङ–राम्दी सडक अवरुद्ध  पहिरोका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको बर्तुङ–राम्दी सडक खण्ड अवरुद्ध बनेको छ । रम्भा गाउँपालिका–३, पिपलडाँडाको अगाहाखोला नजिकै ढुंगासहितको पहिरो खसेपछि सडक शनिबार विहानदेखि अवरुद्ध भएको हो ।
अविरल वर्षा: लुम्बिनी प्रदेशका विभिन्न स्थानका सडक अवरुद्ध
अविरल वर्षा: लुम्बिनी प्रदेशका विभिन्न स्थानका सडक अवरुद्ध अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्ला जोड्ने विभिन्न स्थानका सडकमा यातायात सेवा प्रभावित बनेका छन् । पहिरोका कारण अवरद्ध सडक खुलाउन सुरक्षाकर्मी र स्वयंमसेवक परिचालन भएको लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ । प्रदेशको प्यूठान–भालुबाङ सडक खण्डको माण्डवी गाउँपालिका–१ गर्जेनीस्थित सिमलचौर, यस्तै सरुमारानी गाउँपालिका–४ पाखुरी...
कैलाशनगरको सुकुम्वासी वस्तीमा पहिरो, एक दर्जनघरहरु जोखिममा
कैलाशनगरको सुकुम्वासी वस्तीमा पहिरो, एक दर्जनघरहरु जोखिममा जिल्लाको तानसेन नगरपालिका–५ कैलाशनगरस्थित देउराली नजिकै सुकुम्वासी वस्तिमा पहिरो गएको छ । विहीबारदेखि परेको निरन्तर अविरल वर्षाका कारण यहाँको वस्तीमा पहिरो गएको हो ।
रामपुरमा उपभोक्ता समिति र टोल विकास संस्थालाई योजना कार्यान्वयन सम्बन्धी अभिमुखिकरण
रामपुरमा उपभोक्ता समिति र टोल विकास संस्थालाई योजना कार्यान्वयन सम्बन्धी अभिमुखिकरण जिल्लाको रामपुर नगरपालिकाले उपभोक्ता समिति र टोल विकास संस्थाहरुलाई अभिमूखिकरण प्रदान गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा नगरपालिका भित्र सञ्चालन हुने विभिन्न योजनाका उपभोक्ता समिति र टोल विकास संस्थाका पदाधिकारीहरुलाई योजना सञ्चालन सम्बन्धी अभिमुखिकरण प्रदान गरिएको हो ।
लुम्बिनी प्रदेश सरकारले विश्व पर्यटन दिवस दाङमा मनाउने
लुम्बिनी प्रदेश सरकारले विश्व पर्यटन दिवस दाङमा मनाउने लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजनामा यही असोज ११ गते ४५ औँ विश्व पर्यटन दिवसलाई महोत्सवकै रुपमा मनाइने भएको छ ।
तानसेनमा पिताहरूको स्मरणमा ‘बा कप’ व्याडमिन्टन प्रतियोगिता
तानसेनमा पिताहरूको स्मरणमा ‘बा कप’ व्याडमिन्टन प्रतियोगिता जिल्लाको सदरमुकाम तानसेनमा स्वर्गीय पिताहरुको स्मरणमा ‘बा कप’ व्याडमिन्टन प्रतियोगिता २०८१ आयोजना गरिएको छ । सोह्र श्राद्ध चलिरहेका बेला नारायण युवा क्लव तानसेनले पिताहरुको सम्झनामा व्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो । तानसेन –२ स्थित फूलबारी कवर्डहलमा क्लवको आयोजना,अमर नारायण कभर्डहल व्यवस्थापन समितिको व्यवस्थापन र वडा कार्यालयको समन्वयमा शुक्रबार र शनिबार...
Weather Update