आज गृहमन्त्री लेखक पाल्पा आउँदै
बुधबार, पुस ३, २०८१

पाल्पा जेसिजको अध्यक्षमा शाक्य
आइतबार, मंसिर ३०, २०८१
सामाजिक व्यक्तित्व तथा युवा व्यसायी जेसी विवेक काजी शाक्य पाल्पा जेसिजको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । जेसिजको ४५ औं वार्षिक साधारण सभा तथा शाखा अधिवेशनले वर्ष २०२५ का लागि शाक्यलाई अध्यक्षमा चयन गरेको हो ।

नेप्से र कारोबार रकम घट्यो
सोमबार, मंसिर २४, २०८१
अघिल्लो दिनको तुलनामा सोमबार नेप्से परिसूचक र कारोबार रकम दुवै घटेका छन् । उक्त दिन नेप्से १२ दशमलव ८४ अंकले घटेर २ हजार ६ सय ७६ दशमलव १५ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो ० दशमलव ४७ प्रतिशतले कम हो । आइतबार करिब ४६ अंकले घटेको नेप्सेले सोमबार...

आज रैनादेवी छहरा र रिब्दीकोटमा स्थानीय विदा
आइतबार, मंसिर २३, २०८१
जिल्लाका दुई स्थानीय तहले आज आइतबार स्थानीय विदा दिएका छन् । यहाँका रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाले सुन्तला महोत्सव सफल पार्न भन्दै स्थानीय बिदा दिएका हुन् ।

ग्रामीण क्षेत्रमा विद्युत् अवरुद्ध हुँदा तानसेनमा लाईन जाने समस्या हट्यो
शनिबार, मंसिर २२, २०८१
ग्रामीण क्षेत्रमा विद्युत् अवरुद्ध हुँदा तानसेनमा लाईन जाने समस्या हटेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र पाल्पाले बजार क्षेत्रको विद्युत् आपूर्तिमा सहज बनाउन सिटी फिडर राखेर विद्युुत् विस्तार गरेसँगै बजार क्षेत्रमा लाइन जाने समस्याको अन्त्य भएको हो ।
पाल्पामा दोस्रो सुन्तला महोत्सव सुरु
शनिबार, मंसिर २२, २०८१
सुन्तलाको उर्वरभूमीको रुपमा परिचित पाल्पामा दोस्रो सुन्तला महोत्सव शुरु भएको छ । रिब्दीकोट गाउँपालिका र रैनादेवी–छहरा गाउँपालिकाको संयुक्त आयोजनामा यही मंसिर २२ र २३ गते दुईदिने सुन्तला महोत्सव सुरु भएको हो ।
रामपुरमा माटो परीक्षण गरियो
शनिबार, मंसिर २२, २०८१
जिल्लाको रामपुरमा माटो परीक्षण गरिएको छ । कृषि ज्ञानकेन्द्र पाल्पाको आयोजना र रामपुर नगरपालिकाको प्रयोजनमा विश्व माटो दिवसको अवसर पारेर शिविरमार्फत माटो परीक्षण गरिएको हो ।

पाल्पामा दुई पालिकाको आयोजनामा सुन्तला महोत्सव हुँदै
बुधबार, मंसिर १९, २०८१
पाल्पामा दुई पालिकाको आयोजनामा सुन्तला महोत्सव हुुन लागेको छ । पश्चिम पाल्पाका रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाको संयुक्त आयोजनामा मंसिर २२ र २३ गते महोत्सव हुन लागेको हो ।

पढ्दै, कमाउदै रीता
आइतबार, मंसिर १६, २०८१
पढ्नमा मेहनती र लगनशील रहेकी उनी आफ्नो पढाइ खर्च सुुन्तला बेचेरै जुटाउँछिन् । दैनिक दिउँसो, साझाँ सडक छेउको मन्दिरको पेटीमा सुुन्तला बेचेर आफूसँगै तीन बहिनीलाई समेत उनले पढाउने गरेकी छन् ।

तानसेनमा न्यू होराजन प्रदेशस्तरीय हाजिर जवाफ
आइतबार, मंसिर १६, २०८१
तानसेनमा न्यू होराइजन प्रदेशस्तरीय हाजिरजवाफ प्रतियोगिता भएको छ । न्यू होराइजन आवासीय मावि बुटवल को आयोजनामा ३१ औं न्यू होराइजन प्रदेशस्तरीय हाजिर जवाफ प्रतियोगिता तानसेन केन्द्रमा भएको हो ।

रैनादेवीमा सञ्चालित दुई दिने न्वागी उत्सव सकियो
शुक्रबार, मंसिर ७, २०८१
पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिका –३ भुवनपोखरी रैनादेवी मन्दिर परिसर गोखुङ्गामा सञ्चालित दुई दिने न्वागी उत्सव सकिएको छ ।

खानी उद्योग प्रकरण : वन मुद्दा लागेका १९ प्रतिवादी धरौटीमा रिहा, दुई कम्पनी अदालतमै आएनन्
बिहीबार, मंसिर ६, २०८१
पाल्पामा सञ्चालित चार चुनढुंगा खानी उद्योगविरुद्धको मुद्दामा दुई उद्योगसहित १९ जना सञ्चालक धरौटीमा रिहा भएका छन् । गैरकानुनी रूपमा राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी चुनढुंगा खानी उत्खनन् गरेको कसुरमा जिल्ला अदालत पाल्पामा दायर भएका मुद्दाका दुई कम्पनीसहित १९ प्रतिवादीलाई जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।