Shittalpati
भूकम्पमा परी घाइते हुनेको प्रदेश सरकारले उपचार गर्ने
भूकम्पमा परी घाइते हुनेको प्रदेश सरकारले उपचार गर्ने सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पबाट प्रभावित भई घाइते भएकाको उपचार खर्च व्यहोर्ने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको सर्वपक्षीय बैठकमा भूकम्पबाट प्रभावितको उद्धार कार्यलाई प्रभावकारी बनाउँदै प्रभावितलाई तत्काल एकद्वार प्रणालीबाट राहत सामग्री वितरण गर्ने निर्णय भएको छ । 
सर्पले डसेकी महिलाको झारफुक गर्दागर्दै मृत्यु
सर्पले डसेकी महिलाको झारफुक गर्दागर्दै मृत्यु विषालु सर्पले डस्दा यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–१ सेरीकी ५५ वर्षीया पार्वती घटाल रहेको जनाइएको छ । 
बझाङ दुर्घटना अपडेट: मन्त्री सिंहको निधन
बझाङ दुर्घटना अपडेट: मन्त्री सिंहको निधन सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । आज बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा पर्नुभएका मन्त्री सिंहको बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा अपराह्न ५ः३३ मा निधन भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । 
जिप दुर्घटना दुई जनाको मृत्यु
जिप दुर्घटना दुई जनाको मृत्यु बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीया अमृता सिंह र ६० वर्षीया जयादेवी सिंह रहेका छन् । अमृता सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकी श्रीमती हुन् । 
रेल दुर्घटनामा ३२ को मृत्यु
रेल दुर्घटनामा ३२ को मृत्यु ग्रीसमा मंगलबार अबेर राति दुईवटा रेल एक आपसमा ठोक्किँदा ३२ जनाको मृत्यु हुनुको साथै कम्तीमा ८५ जना घाइते भएका सीएनएनले जनाएको छ ।
३० दिनमै ढल्यो सुदूरपश्चिम प्रदेश सरकार
३० दिनमै ढल्यो सुदूरपश्चिम प्रदेश सरकार अन्ततः सुदूरपश्चिम प्रदेश सरकार ३० दिनमै ढलेको छ । मुख्यमन्त्री राजेन्द्र सिंह रावलले पेस गरेको विश्वासको मत बहुमतले अस्विकृत भएको पछि उनको नेतृत्वको प्रदेश सरकार ढलेको हो ।
चार जना प्रहरी मारिए
चार जना प्रहरी मारिए पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तमा आइतबार एउटा प्रहरी चौकीमा भएको आक्रमणमा चार प्रहरीको मृत्यु हुनका साथै अन्य चार जना घाइते भएका छन् ।
सन्दीप लामिछानेलाई कारागार चलान गरिँदै
सन्दीप लामिछानेलाई कारागार चलान गरिँदै बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ । मुद्दाको किनारा नलागेसम्म लामिछानेलाई थुनामा पठाउने काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो ।
सुदूरमा पहिरो र डुबान : अछामको पहिरोमा मृत्यु हुनेको संख्या १७ पुुयो
सुदूरमा पहिरो र डुबान : अछामको पहिरोमा मृत्यु हुनेको संख्या १७ पुुयो लगातारको वर्षासँगै आएको पहिरो र डुबानका कारण सुदूरपश्चिम प्रदेश नराम्ररी प्रभावित बनेको छ । पहिराका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ ।
अछाममा पहिरोमा परी नौको मृत्यु, सात बेपत्ता
अछाममा पहिरोमा परी नौको मृत्यु, सात बेपत्ता अछामको विभिन्न भागमा पहिरो जाँदा नौ जनाको मृत्यु र सात जना बेपत्ता भएका छन् । लगातारको वर्षा र पहिरोमा परी यहाँ जनधनको क्षति भएको छ ।
प्रेस युनियनको महाधिवेशन भदौ २१ र २२ मा हुने
प्रेस युनियनको महाधिवेशन भदौ २१ र २२ मा हुने नेपाली कांँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको महाधिवेशन सरेको छ । युनियनको मंगलबार बसेको सचिवालयको आकस्मिक बैठकले आगामी भदौ २१ र २२ गते बागमती प्रदेशको राजधानी हेटौँडामा नवौँ महाधिवेशन गर्ने निर्णय गरेको हो ।
उत्कृष्टकार्य गर्ने कुकुर पुरस्कृत !
उत्कृष्टकार्य गर्ने कुकुर पुरस्कृत ! नेपाल प्रहरीले अपराध अनुसन्धान तथा खोज कार्यमा उत्कृष्ट कार्य गर्ने कुकुरलाई पुरस्कृत गरेको छ ।
Weather Update