Shittalpati
आर्थिक सम्वृद्धि खोजौं 
आर्थिक सम्वृद्धि खोजौं  नेपालका तीन चौथाई युवाहरु विदेशिने अवस्था आउँनै लाग्दा पनि हामीले चिन्ता गर्न नसक्नु समस्याको विषय हो । युवाहरुको श्रम नहुँदा र लगानीका सबै सम्भावनाहरु कमजोर हुँदै जादा देश कसरी सम्वृद्ध बन्न सक्छ ।
प्याजमा भएको अस्वाभाविक मूल्य नियन्त्रण गर
प्याजमा भएको अस्वाभाविक मूल्य नियन्त्रण गर भारतले प्याज निर्यातमा बन्देज लगाउने निर्णय गरेसँगै नेपाली बजारमा मूल्य अचाक्ली बढेको छ । दुई साताअघि खुद्रामा प्रतिकिलो एक सय ५० रुपैयाँसम्ममा प्याज खरिद गरेका उपभोक्ताले अहिले एक सय ५० रुपैयाँभन्दा बढी तिर्नुपरिरहेको छ । भारतबाटै निर्यात बन्द गरिएपछि व्यापारीले मनपरी प्याजको भाउ ह्वात्तै बढाएका हुन् । यसले आम उपभोक्ताको...
उखुु किसानको मर्का बुुझ
उखुु किसानको मर्का बुुझ
आप्रवासन श्रमिकका सरोकार
आप्रवासन श्रमिकका सरोकार आज डिसेम्बर १८ अर्थात् अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस । आप्रवासी कामदारका हकअधिकार प्रत्याभूतिका लागि विश्व समुदायलाई खबरदारी गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि सरोकारवालाहरुको सहभागितामा सुरक्षित आप्रवासन सम्बन्धी सचेतना फैलाउने उद्देश्यले विभिन्न कार्यक्रमको आयोजना गरी  दिवस मनाइँदैछ ।
राष्ट्रिय झण्डाको अपमान नगरौं
राष्ट्रिय झण्डाको अपमान नगरौं राष्ट्रिय झण्डा एकताको प्रतीक हो । झण्डालाई सम्मान गर्नु भनेको राष्ट्रलाई सम्मान गर्नु हो,तर पछिल्लो समय यसको व्यापक अपमान हुने गरेको छ । जानेर वा नजानेरै मानिसले झण्डाको चरम अपमान गर्ने गरेका छन् ।
रेमिट्यान्स बढ्दैमा खुसी न हौं
रेमिट्यान्स बढ्दैमा खुसी न हौं रेमिट्यान्सको मुख्य स्रोत वैदेशिक रोजगार हो । विदेशमा पुगेका युवाले पठाएको उक्त रकमलाई विप्रेषण (रेमिट्यान्स) भनिन्छ । आर्थिक परिदृश्यमा वैदेशिक रोजगारबाट प्राप्त हुने रेमिट्यान्स पछिल्लो समय महत्वपूर्ण अर्थतन्त्रको अस्थाई टेकोको रूपमा रहँदै आएको छ ।
चिसोबाट मर्न नदेऊ
चिसोबाट मर्न नदेऊ दिनप्रतिदिन चिसो बढ्दै गएको छ । चिसो बढेसँगै नेपालीहरुले ज्यान गुमाउनु परेका समाचारहरु समेत आउन थालेका छन् । अझ भूकम्पबाट ज्यान बचाउन सफल भएका कतिपय नागरिकहरुले चिसोबाट ज्यान गुमाउनु परेको घटना भने अत्यन्त दुखद् हो ।
सुन तस्करी रोक
सुन तस्करी रोक सुन तस्करी रोकथाम तथा नियन्त्रण हुनुपर्ने माग सधैं उठ्ने गर्छ । प्रहरीले केही सुन बरामद र तस्करहरुलाई पक्राउ पनि गर्छ तर श्रृंखलाबद्ध रुपमा सुन तस्कर हुन छोड्दैन । देशका विभिन्न नाकाबाट यति बेला श्रृंखलाबद्ध रुपमा ठूलो परिमाणमा अवैध सुन फेला पर्ने गरेको छ ।
लोकतन्त्रको विकल्प नखोजौ
लोकतन्त्रको विकल्प नखोजौ सोंंच र हेराईमा परिवर्तन हुनुपर्नेमा त्यो भएको पाइदैन । समस्याहरुको समाधानमा एक्यवद्धता हुनुपर्नेमा त्यसो हुन सकेको छैन । इतिहास भजाएर वर्तमानमा सेवा र सुविधाका कुरा गर्नेहरुले वर्तमान प्रतिको भावना र परिदृश्यलाई परिमार्जन नगरे सम्म मुलुकले नयाँ पिडीलाईसँगै लिएर हिंड्न सक्दैन ।
पर्वत जोगाऔं
पर्वत जोगाऔं नेपाललाई पर्वतहरूको राजधानी भनेर चिन्ने गरिन्छ । प्राकृतिक सौन्दर्यताको प्रतिक, वातावरणीय विविधताको धौतक, हिमश्रृंखला र पहाड हाम्रा पर्वत हुन् ।
मानव अधिकारको प्रत्याभूति देऊ
मानव अधिकारको प्रत्याभूति देऊ मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ लागु भएको ७५ औं वर्ष पुगेको छ । सो अवसरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस आइतबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । हरेक वर्षको डिसेम्बर १० मा यो दिवस मनाउने गरिन्छ ।
जो जससँग सरोकार  छ 
जो जससँग सरोकार  छ 
Weather Update