Shittalpati
जो जससँग सरोकार  छ 
जो जससँग सरोकार  छ 
भ्रष्टाचारको जन्जिर तोडौं 
भ्रष्टाचारको जन्जिर तोडौं  हरेक वर्षको डिसेम्बर ९ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । शनिबार नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाइएको छ । राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरे पछि विश्वभर यो दिवस मनाउन थालिएको हो ।
महिनावारीमा विभेद नगर
महिनावारीमा विभेद नगर नेपाली समाजमा महिनावारीलाई ‘छुई हुनु’, ‘पर सर्नु’, ‘पाखा लाग्नु’, ‘पन्छिनु’, ‘बाहिर सर्नु भन्ने गरिन्छ । केही ठाउँहरुमा महिनावारी भएका बेला महिलाहरूलाई छाउगोठमा बस्नुपर्ने बाध्यता मात्रै छैन  विभेद समेत सहनुुपरेको छ । संविधानले महिलालाई विभेदरहित बाँच्न पाउने अधिकार सुनिश्चित गरेको भएपनि अझै पनि अधिकांस महिलाहरु विभेदको सामाना गर्न बाध्य छन् ।
उड्डयन दिवस र सुरक्षित उडानको सवाल
उड्डयन दिवस र सुरक्षित उडानको सवाल नेपालमा पनि विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस विहीबार मनाइएको छ ।  विशेष गरी नागरिक उड्डयन प्राधिकरणले दिवसलाई विशेष महत्वका साथ लिने गर्दछ । शिकागो कन्भेन्सन लागु भएपछि सन् १९९४ देखि नै अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ)ले यो दिवस मनाउँदै आएको छ ।
गणतन्त्र र यसलाई बलियो बनाउने केही आधारहरु
गणतन्त्र र यसलाई बलियो बनाउने केही आधारहरु  नेपालमा कुनै एउटा समूह वा शक्तिको चाहनाले मात्रै गणतन्त्र  आएको हैन । यसका लागि हजारौंको बलिदानी र नेपाली जनताको दशकौं अगाडिको प्रयास हो । नेपालमा क्रियाशिल सबै राजनीतिक दलहरु र सबै नेपालीको एकताको  परिणाम हो ।
माटोको उर्वराशक्ति खस्कन नदेऊ
माटोको उर्वराशक्ति खस्कन नदेऊ रासायनिक मलको बढ्दो प्रयोगका कारण खेतीयोग्य जमिनको उर्वराशक्ति खस्कदै गएको छ । कृषि उत्पादनका लागि उर्वर मानिने पाल्पा सहितका पहाडी जिल्लाहरुमा रासायनिक मलको प्रयोग बढी गर्दा  माटोमा अम्लीयपन समेत बढ्दै गएको छ ।
स्वरोजगारी र युवा
स्वरोजगारी र युवा नेपालको कुल जनसंख्याको पच्चिस प्रतिशत युवा अहिले पनि रोजगारीको खोजीमा छन् । उनीहरु कतिपय विदेशी भूमिमा जान बाध्य छन् भने कतिपयले स्वदेशमै आशा बोकेर बसिरहेका छन् । युवा स्वरोजगारी र युवा उद्यमशीलताका विषयमा व्यापक विचार विमर्श हुने गर्छन् तर त्यसको सही कार्यान्वयन भने हुन सकेका छैनन् ।
स्वयंसेवक दिवसको सन्दर्भ
स्वयंसेवक दिवसको सन्दर्भ हरेक वर्ष ५ डिसेम्बरमा अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाउने गरिन्छ । सन् १९८५ देखि संयुक्त राष्ट्रसंघको आयोजनामा हरेक वर्ष यो दिवस मनाइँदै आइएको हो ।
जलवायु सम्मेलनले देखाएको चासो
जलवायु सम्मेलनले देखाएको चासो यूएईको दुबईमा सञ्चालन भइरहेको जलवायु परिवर्तनसम्बन्धी २८ औँ सम्मेलन (कोप–२८) लाई सर्वत्र चासोको विषयका रुपमा हेरिएको छ । जलवायु परिवर्तन विश्वभर पेचिलो विषय बन्दै गइरहेको सन्दर्भमा सम्मेलनमा उठेका विषयहरुले सबैको ध्यान त्यतै केन्द्रित गरेको छ ।
अपाङ्गमैत्री संरचनाको खाँचो
अपाङ्गमैत्री संरचनाको खाँचो हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन विश्वभर अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । विगतका वर्षहरु जस्तै यस वर्ष पनि आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको छ ।
दासता व्यवहारबाटै उन्मूलन होस्
दासता व्यवहारबाटै उन्मूलन होस् आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विभिन्न क्षेत्रमा हुने गरेको शोषण अन्त्यका लागि सन्देश प्रवाह गर्न संयूक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष डिसेम्वर २ का दिन यो दिवस मनाउने गरिन्छ ।
औपचारिकतामै सीमित नहोस् एड्स दिवस
औपचारिकतामै सीमित नहोस् एड्स दिवस अंग्रेजी वर्षको प्रत्येक डिसेम्बर एक गते विश्व एड्स दिवसका रूपमा मनाइँदै आइएको छ । आज पनि  नेपालसहित विश्वभर यो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । एचआइभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाहा, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जोगाउन सन् १९८८ देखि हरेक वर्ष डिसेम्वर १...
Weather Update