यसो गरे कसो होला ?
बुधबार, कात्तिक १४, २०८१
काग तिहारको महत्व
बुधबार, कात्तिक १४, २०८१
आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार । बिहानैदेखि यमराजको दूतका रुपमा कागलाई मीठा चीजबीज खान दिएर यो पर्व मनाइँदै छ । काग तिहारको आफ्नै महत्व छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका...
खबरदारी गरौं
मंगलबार, कात्तिक १३, २०८१
यति बेला मुलुक कठिन मोडमा गुज्रिरहेको छ । राजनीतिक पार्टीहरू जुँगाको लडाइँमा व्यस्त छन् । तर जनता मौन छन् । जनताले जनयुद्धको अन्त्यपछि धेरै सपना मनमा सजाएका थिए । त्यस समयमा राजनीतिक पार्टीप्रति जनताको आस्था र भरोसा उच्च थियो । तर अहिले जनताको सपना झुटा ठहरिएको छ । राजनीतिक दलहरु...
बाढीपहिरो पीडितलाई तत्काल गाँस–बासको व्यवस्था गर
सोमबार, कात्तिक १२, २०८१
अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट घरबार गुमाएकाहरूको एक महिना बितिसकेको छ । यतिका दिनसम्म उनीहरुका लागि न गाँसको राम्रो प्रवन्ध हुन सकेको छ न त बाँसको नै । बाढीपहिरो प्रभावितहरू अझै पनि पाटी, वृद्धाश्रमदेखि आफन्तकहाँ शरण लिएर बस्न बाध्य छन् । राहत र पुनःस्थापनाको आसमा बसेको महिना दिन हुँदा पनि...
सत्ताकेन्द्रित खेल बन्द गर
आइतबार, कात्तिक ११, २०८१
बाढीपहिरो पीडितहरुको लागि राहत र पुर्नस्थापनामा जुट्नुपर्ने सरकार र राजनीतिक दलहरु यति बेला एक अर्काको आलोचना गर्दै सत्ताकेन्द्रीत खेलमा लागेका छन् । प्रतिपक्ष दलहरु सरकार ढलाउने रणनीतिमा लागेका छन् भने सरकार लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कार्य अस्वीकार्य भएको टिप्पणी गर्दै आएको छ ।
स्थानीय तह की सरकार ?
शनिबार, कात्तिक १०, २०८१
गाउँमै सिहदरबार भन्दै केन्द्रीकृत शक्ति प्रणलीलाई रुपान्तरण गर्ने उद्देश्यका साथ राज्यको नयाँ संरचनाको अभ्यास भएको करिव एक दशक अवधि पुरा हुन लागेको छ ।
तिहार र बजार भाउ
शनिबार, कात्तिक १०, २०८१
फूल, झिलिमिली बत्ति र मिठाइको पर्व मानिने तिहार हिन्दु नेपालीहरुको घर आगनमा आइसकेको छ । व्यापारीहरुले तिहारका लागि आवश्यक पर्ने सामान बजारमा सजाइसकेका छन् । तिहारको चहलपहलले बजार पनि तातिसकेको छ । तिहारमा घर सजाउने झिलिमिली बत्ति, खाद्यन्न, फलफूल, पोसिला ड्राइ फ्रुटदेखि र कृतिम तथा सक्कली फूलका मालासम्मका व्यापार निकै...
रवि प्रकरणमा उब्जिएका प्रश्नहरु
शुक्रबार, कात्तिक ९, २०८१
सहकारी प्रकरणमा नाम जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं पूर्व गृहमन्त्री रवि लामिछाने गत शुक्रबार पक्राउ परे । अहिले उनी अनुसन्धानकै क्रममा प्रहरी हिरासतमा छन् । लामिछाने पक्राउ पर्नु अघि आमनागरिकमा थुप्रै प्रश्नहरु उब्जिएका थिए । उनी पक्राउ पर्ने वा नपर्ने, पक्राउ गर्ने वा नगर्ने जस्ता विषयमा आम नागरिकमा प्रश्न...
सरकारका सय दिन
शुक्रबार, कात्तिक ९, २०८१
वर्तमान सरकार बनेको सय दिन भएको छ । यो समयलाई ‘हनिमुन पिरियड’ पनि भनिन्छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली २०८१ असार ३० गते प्रधानमन्त्री भएका थिए । यो पटक कांग्रेस–एमालेको गठबन्धनबाट ओेली प्रधानमन्त्री भएका हुन् । असार १७ गते भएको राजनीतिक स्थायित्व, संविधान संशोधन तथा अर्थतन्त्रलाई चलायमान बनाउनेलगायत...
स्वास्थ्य सेवामा सकारात्मक कदम
बिहीबार, कात्तिक ८, २०८१
सबै भन्दा महत्वपूर्ण क्षेत्र भनेकै स्वास्थ्य हो । तर विगतमा यही स्वास्थ्य क्षेत्र सरकारको नजरमा सधै उपेक्षामा पर्दै आयो । सत्तामा पुग्ने राजनीतिक दलहरुको पनि सकभर स्वास्थ्य मन्त्रालय छनौटमा पर्न सकेन । बरु जहाँ धेरै बजेट चलाउन पाइन्छ, ति मन्त्रालहरु उनीहरुको रोजाई बन्न पुग्यो ।
अध्यादेशको चर्चा
बुधबार, कात्तिक ७, २०८१
केही दिन यतादेखि सरकारले राजनीतिक दल विभाजन गराउन अध्यादेश ल्याउन लागेको चर्चा चर्कै रुपमा चलिरहेको छ । गृहकार्यस्वरूप प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सत्ता घटक काँग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरूसँग व्यापक रुपमा छलफल अघि बढाएपछि अध्यादेशको चर्चा चलेको हो । एमालेबाट विभाजित भएर माधवकुमार नेपाल नेतृत्वमा तीन वर्षअघि गठन भएको...
भ्रष्टाचारको जालो तोडौं
मंगलबार, कात्तिक ६, २०८१
मुलुक भ्रष्टाचारले आक्रान्त बनेको छ । स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्म नै भ्रष्टाचारको जालो फैलिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रपछि तीन तहका सरकार निर्माण भए । ति सरकारले सुशासन, विकास र समृद्धि ल्याउने आशा आम नागरिकमा थियो तर त्यसो हुन सकेन् ।
गलत बाटोमा रास्वपा
सोमबार, कात्तिक ५, २०८१
सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एंव पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा पार्टीका नेता एवं कार्यकर्ता सडक संघर्षमा उत्रिएका छन् । सहकारी ठगी, संगठित अपराध एवं किर्तेसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ परेका लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै उनीहरु पोखरासहित देशका विभिन्न शहरमा प्रदर्शनमा उत्रिएका छन् ।