व्यर्थ सय दिन
मंगलबार, चैत २८, २०७९
साझा कार्यक्रमः ल्याउने मात्र होइन, कार्यान्वयन पनि गर
सोमबार, चैत २७, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले एक सय दिनभित्रै दुुई पटक साझा न्यूनतम कार्यक्रम ल्यायो । पहिलो पटक एमाले र राप्रपासहितका दलहरूको साथ र सहयोगमा सरकार गठन गरेका दाहालले गठबन्धन बदलेसँगै दोस्रोपटक अहिले दशदलिय गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम ल्याएका हुन् ।
अर्थतन्त्र पुनरुत्थानमा ध्यान देऊ
आइतबार, चैत २६, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएको एक सय दिन भन्दा बढी भएको छ । यसबीचमा मन्त्रिपरिषद् फेरबदल भए । फलतः यो पछिल्लो कार्यविभाजन हो । तथापि अझै केही प्राविधिक कारणले मन्त्रिपरिषद्ले अन्तिम पूर्णता भने पाएको छैन । तर पनि अब यो सरकारलाई काम नगर्ने छुट भने छैन ।
फेरि कोभिडकै भय
शुक्रबार, चैत २४, २०७९
केही समय कम भएको कोभिड–१९ महामारीले फेरि बढ्दो रुप लिएको छ । यसले गर्दा आम नागरिकमा फेरी भयको सिर्जना गरिदिएको छ । नेपालमा एक सातायता कोरोना संक्रमितको संख्या बढ्न थालेको हो । पछिल्लो एक सातामा ४ सय ५० जनामा कोरोना संक्रमण देखिएको छ । अहिले देखिएको संक्रमण कोरोना भाइरसको नयाँ...
खेलकुद दिवसको सन्दर्भ
बिहीबार, चैत २३, २०७९
अप्रिल ६ अर्थात् आज ‘अन्तर्राष्ट्रिय विकास र शान्तिका लागि खेलकुद दिवस’ विश्वभर मनाइँदै छ । संयुक्त राष्ट्र संघ (यूएन) को साधारणसभाले सन् २०१३ को अगस्ट २३ लाई विश्व खेल दिवस घोषणा गरेको थियो । यसलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले अनुमोदन गर्दै सन् २०१४ मा अप्रिल ६ तारिकलाई विश्व खेल...
सहकारी दिवसले दिएको सन्देश
बुधबार, चैत २२, २०७९
आइतबार चैत्र २० गते राष्ट्रिय सहकारी दिवस देशैभर धुमधामका साथ मनाइएको छ । यो वर्षको सहकारी दिवसले एउटा नौलो र अत्यान्तै प्रभावकारी सन्देश दिएको छ । ‘सहकारीको दीगोपन, स्वनियमन र सुशासन’ भन्ने मूल नाराका साथ मनाइएको सहकारी दिवसले सहकारीको औचित्य अनि त्यसको अवश्यकता माथिको महत्वलाई दर्शाएको छ ।
सहकारी दिवसको औचित्य
मंगलबार, चैत २१, २०७९
‘सहकारीको दिगोपनाः स्व–नियमन र सुशासन’ भन्ने मूल नाराका साथ सोमबार ६६ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । सन् १९२३ देखि अन्तर्राष्ट्रिय सहकारी संगठनमार्फत हरेक वर्षको जुलाई महिनामा विश्वभर सहकारी दिवस मनाउने गरिएको हो । नेपालमा वि.सं. २०१३ चैत्र २० गते चितवनको बखानपुर ऋण सहकारी संस्थाको स्थापना भई सहकारी आन्दोलनको...
अर्थमन्त्रीबाट अपेक्षा
सोमबार, चैत २०, २०७९
मुलुकमा नयाँ अर्थमन्त्रीका रुपमा राजनीतिज्ञ तथा अर्थविज्ञ डा.प्रकाश शरण महत आएका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा बनेको दश दलीय गठबन्धनको सरकारमा अर्थमन्त्रीको जिम्मेवारी महतले लिएका छन् । मुलुक आर्थिक संकटमा गुज्रिरहेका बेला त्यसलाई माथि उकास्ने अभिभारका साथ उनले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
अटिजम जागरुकता दिवसको सन्दर्भ
आइतबार, चैत १९, २०७९
अटिजम जागरुकता दिवस आज विश्वभर मनाइँदैछ । अटिजमको बारेमा सचेतना दिने र त्यस्तो समस्या भएका बालबालिकाको विशेष स्याहारमा जोड दिंदै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अप्रिल २ मा यो दिवस मनाइने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । यो दिवस पहिलो पटक २००८ मा मनाइएको...
‘अप्रिल फूल’ : ख्याल गरौं
शनिबार, चैत १८, २०७९
आज अप्रिल १ तारिख अर्थात् ‘अप्रिल फूल’ । यस दिनमा विश्वभरका मान्छेहरु एक अर्कालाई मुर्ख बनाउने र झुट बोल्ने, ठट्टा गर्ने गर्छन् । यो दिन झुक्याउँदा वा झुट बोल्दा कोही कसैसँग पनि रिसाउँदैनन् । रमाइलोका रुपमा आजको दिनलाई लिने गरिन्छ । यस दिन आफ्ना शत्रुबाट मात्र होइन आफ्नै मित्रहरूबाट पनि...
वर्तमान नेपालको अर्थतन्त्र : एक विश्लेषण
शुक्रबार, चैत १७, २०७९
भन्ने गरिन्छ, अर्थतन्त्र कुनै पनि देशको रक्तसञ्चार हो । नेतृत्व वर्ग र सरकार सञ्चालकका लागि आर्थिक वृद्धि समृद्धिको नारा र जनतामा आश्वासन बाड्ने आधार पनि हो । विकास,जनताको जीवनस्तर र रोजगारी प्राप्त गर्न सकिने आधार पनि हो । यसैका आधारमा योजना तथा वजेटका कार्यक्रमहरु तय गरिन्छ तर Covid-19 र रसिया...
एसईई परीक्षा मर्यादित होस्
शुक्रबार, चैत १७, २०७९
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशव्यापी रूपमा सञ्चालन हुँदैछ । परीक्षा नियन्त्रण कार्यालयको तथ्यांक अनुसार यसपटक पाँच लाख १६ हजार ५ सय ७७ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । उक्त परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । एसईई विद्यार्थीहरुको सुरक्षित भविष्यको ढोका पनि हो ।