जनतालाई राहत दिने बजेट ल्याऊ
शनिबार, जेठ १३, २०८०

देउवाको ओरालो राजनीतिक यात्रा !
शुक्रबार, जेठ १२, २०८०
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा निर्वाचित शेरबहादुर देउवा नेपालमा धेरै पटक प्रधानमन्त्री बन्न पाउने थोरै व्यक्तिमध्ये पर्छन् । सुदूरपश्चिमको डडेलधुरा जिल्लामा २००३ सालमा जन्मिएका उनले विद्यार्थी जीवनबाटै राजनीति सुरु गरेका थिए । २०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्यार्थी संघबाट देउवाले आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन् ।

जलन उपचारको व्यवस्था गर
शुक्रबार, जेठ १२, २०८०
सामन्यतयाः आगोको ज्वाला, तातो झोल पदार्थ, तातो वस्तुको सम्पर्कबाट हुने पोलाई, विद्युतीय झट्का र रसायनिक पदार्थ छोइएर हुने चोटहरुलाई ‘जलन’ भन्ने गरिन्छ । नेपालमा जलनको समस्या प्रत्येक वर्ष, विशेषगरी जाडो मौसममा ज्यादा हुने गरेको देखिन्छ । जलनको उपचार कठीनाईपूर्ण, खर्चिलो र समय लाग्ने हुन्छ । जसले गर्दा नेपाल जस्तो आर्थिक...

नेवारी चाड : कुमार षष्ठी तथा सिथी नख :
बिहीबार, जेठ ११, २०८०
आज जेष्ठ महिनाको शुक्लपक्ष षष्ठी तिथि । यस दिनलाई कुमार कार्तिकेयको जन्म भएको दिनको रुपमा मनाइन्छ । यो दिनलाई नै नेवारी समुदायहरुले विभिन्न देवी देवताको पूजाआजा गर्ने, देवाली मनाउने तथा सिथि नखः भनि विभिन्न परिकारहरु बनाई भोज खाई विशेष चाडकोरुपमा मनाउने गर्छन् । पौराणिक आख्यान अनुसार भगवान शिवका जेष्ठ सुपुत्रका...

सहकारीलाई प्रभावकारी बनाऔं
बुधबार, जेठ १०, २०८०
सहकारी ऐन २०७४, नियमावली २०७५ र प्रदेशहरुका ऐन तथा नियमावलीहरुको कार्य सम्पादन तथा वित्तीय सुशासनका रुपमा बनेका अनुगमनकारी निकाय र त्यसको व्यवहारिक कार्यान्वयनमा सहकारीलाई अगाडी बढाउन नसकेकै कारण पनि समस्याहरु थपिदै गएका हुन् । संविधानतः संघ, प्रदेश र स्थानीय सरकारहरुको आ–आफ्नो कार्यक्षेत्रलाई परिभाषित गरेकै आधारमा पनि यी तीनवटै निकायबाट सहकारीको...

नीति–कार्यक्रम यथोचित कार्यान्वयन होस्
मंगलबार, जेठ ९, २०८०
नयाँ आर्थिक वर्ष २०८०/०८१ का निम्ति सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत भएको छ । उक्त नीति तथा कार्यक्रमको संसदमा अहिले व्यापक छलफल भइरहेको छ । सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम मूलतः परम्परागत छ। केही नयाँ र महत्वाकांक्षी कार्यक्रम समेटिइए पनि...

जैविक विविधता संरक्षणको आवश्यकता
सोमबार, जेठ ८, २०८०
आकासीय, स्थलीय, जलीय, सामुद्रिक र अन्य क्षेत्रमा रहेका जीवजन्तुहरूको पारिस्थितिक प्रणाली, त्यस भागका रूपमा रहेका जीव र वनस्पतिको सम्बन्ध तथा विविधतालाई नै जैविक विविधता भनिन्छ । जैविक विविधता मानव जीवन र अस्तित्वको आधार हो ।

भ्रष्टाचार अक्षम्य
आइतबार, जेठ ७, २०८०
नक्कली शरणार्थीको विषय यतिबेला उत्कर्षमा छ । भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री, बहालवाला सचिवलगायत दर्जन व्यक्ति हिरासतमा छन् । उनीहरूमाथि नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गरेको अभियोग छ । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । यो संगठित अपराधमा संलग्न सबै अपराधी हुन् ।

राष्ट्रपतिको सकरात्मक कदम
आइतबार, जेठ ७, २०८०
विगतमा सधैँ राष्ट्रपति सवार हुँदा आमनागरिकले सास्ती भोग्नु परेकोमा सर्वत्र आलोचना हुने गथ्र्यो । तर अहिले भने रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै त्यस्तो आलोचना खेप्नुु परेको छैन ।

स्थानीय तह : विकृतिबाट माथि उठ
शनिबार, जेठ ६, २०८०
स्थानीय सरकार आम जनताको नजिकको सरकार हो । जो कोहीले खोज्दा भेटिने र देखिने सरकार स्थानीय सरकार भएकाले पनि धेरैको चाहाना जनअपेक्षा काम गरोस् भन्ने हुन्छ । तर स्थानीय सरकार पहिलो कार्यकाल सकेर दोस्रो कार्यकालमा छन् । यो अवधिमा उनीहरुले जनअपेक्षा अनुसार काम गर्न नसकेको धेरैको गुनासो छ ।

मदन भण्डारीलाई सम्झिनुको सार्थकता
बिहीबार, जेठ ४, २०८०
नेपाल कम्युनिष्ट पार्टीका तत्कालिन महासचिव एवं जननेता मदन भण्डारीको ३० औं स्मृति दिवस विभिन्न रचनात्मक एवं सिर्जनात्मक कार्य गरी बुधबार देशभरी मनाइएको छ । २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा निधन भएका भण्डारीको हरेक वर्ष जेठ ३ गते सम्झिन्छ ।

अनियमितता रोकौं
बुधबार, जेठ ३, २०८०
राजनीति र केही ठूला दलहरुका नेताका क्रियाकलापका कारण देखापरेका अनियमितताका प्रसंगहरु अहिले जताततै सर्वत्र चर्चित छन् । नेपाली भूराजनैतिक वृतमा अहिले नैरास्यताका बादलहरु मडारिएका छन् । समस्या उत्पन्न गर्ने र समाधान गर्ने दायित्ववोध प्रति प्रश्नचिन्ह खडा भएका छन् । देशले असल राजनीतिज्ञ पाउन कठिन भएको छ ।

कुनै दवाबले अनुसन्धान प्रभावित नहोस्
मंगलबार, जेठ २, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा बहालवाला सचिवसहित पूर्वमन्त्रीहरू धमाधम पक्राउ पर्न थालेपछि देशमा एउटा तरंग सिर्जना भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि फरार रहेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पनि अहिले पक्राउ परेका छन् ।