Shittalpati
मतदातामा उत्साह बढाऔं
मतदातामा उत्साह बढाऔं निर्वाचन आउन अब १५ दिनमात्र बाँकी छ । मंसिर ४ गते हुने प्रदेशसभा, प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि दल र उम्मेदवारहरू घरदैलो सकेर शुक्रबारबाट आमसभा लगायत बृहत् प्रचारात्मक कार्यक्रममा होमिएका छन् । राजनीतिक दल र उम्मेदवारहरुले प्रचार–प्रसारलाई तिव्र बनाए पनि मतदाताहरुमा भने उत्साह देखिएको छैन ।
जनतालाई फेरि नझुुक्याऊ
जनतालाई फेरि नझुुक्याऊ आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि पाल्पाका राजनीतिक दलहरु उम्मेदवारसहित चुनावी प्रचार–प्रसार गर्दै भोट माग्न गाउँ पसेका छन् । अन्य समयमा शहर केन्द्रित हुने दलका नेता कार्यकर्ता हिजोआज निर्वाचन प्रचार–प्रसारका लागि गाउँ केन्द्रीत बनेका छन् ।
प्रभावित नहोस् विकास निर्माण
प्रभावित नहोस् विकास निर्माण यतिबेला मुलुुक निर्वाचनको महोत्सवमा होमिएको छ । सबैको ध्यान मंसिर ४ मा हुुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनतर्फ छ । राजनीतिक दल र सरकारले आफ्ना तयारीहरु चुनाव केन्द्रीत गरिरहेका छन् । लोकतान्त्रिक प्रणालीलाई जीवन्त बनाइराख्न आवधिक निर्वाचन अनिवार्य सर्त हो ।
पाल्पाको पर्यटन : पूर्वाधार र गन्तव्य बिनाको
पाल्पाको पर्यटन : पूर्वाधार र गन्तव्य बिनाको घटस्थापनाको भोलिको दिन बसपार्कबाट एक हुल विद्यार्थीहरु दुई/चार जना शिक्षकहरुको नेतृत्वमा उकालो निक्लदै थिए । आन्दोलन चोकमा पुगे पछि उनीहरु कहाँ जाने भनेर अलमलमा परे । एक जना शिक्षकले दरबार जाने भन्दै थिए तर कहाँबाट जाने । संयोगवस यो स्तम्भकार त्यही उभिएको थियो । उनीहरु अलमलमा परेको देखेपछि मैले दरबार...
चुनावी प्रतिस्पर्धात्मक
चुनावी प्रतिस्पर्धात्मक आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब तीन साता पनि बाँकी छैन । चुनावको मिति नजिकिँदै जाँदा चुनावको माहोल तातेकोे छ । राजनीतिक दलका नेता, उम्मेदवार र कार्यकर्ताहरू मतदाताको घरघर पुगिरहेका छन् । मतदातालाई आफ्नो पक्षमा पार्न राजनीतिक दल र तिनका उम्मेदवारले आम मतदातालाई अनेक आश्वासन...
काँग्रेस घोषणापत्रको सार्थकता
काँग्रेस घोषणापत्रको सार्थकता आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारहरुले आ–आफ्ना चुनावी घोषणापत्र सार्वजनिक गरिहेका छन् । नेपाली काँग्रेसले पनि आसन्न निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरिसकेको छ । कुनै पनि दल र उम्मेदवारले आफुले जितेपछि के–के गर्ने भन्ने कुराको योजना घोषणा पत्रमा उल्लेख गर्ने गर्दछन् ...
आचारसंहिता पालना र कार्यान्वयन गरियोस्
आचारसंहिता पालना र कार्यान्वयन गरियोस् पछिल्लो समय नेपालको निर्वाचन प्रणाली अत्याधिक खर्चिलो भयो । सामान्य निष्ठा र इमान्दारीता बोकेको मानिसले निर्वाचन प्रणालीमा भाग लिन नै नसक्ने अवस्थाको विकास हुँदै गयो । निर्वाचनको क्रममा करोडौ खर्च नगरी नहुने अवस्थाको सिर्जना हुदै गयो । यी केहि सञ्चार माध्यम लगायत जनमान तथा राजनीतिक दलका नेतृत्व वर्गले बेला–बेलामा व्यक्त...
सहरीकरण दिवसको सन्दर्भ
सहरीकरण दिवसको सन्दर्भ आज विश्व सहरीकरण दिवस विभिन्न कार्यक्रम गरी मनाइंँदै छ । संयुक्त राष्ट्रसंघले अक्टोबर ३१ लाई विश्व सहरीकरण दिवस मनाउने निर्णय गरेअनुसार नेपालले पनि हरेक वर्ष यो दिवस र यससँग सम्बन्धित विविध गतिविधि गर्दै आएको छ । साधारणतया ग्रामीण र सहरी भनेर मानिसले बसोबास गर्ने क्षेत्रलाई विभाजन गर्ने प्रचलन छ ।
छठको धार्मिक महत्व
छठको धार्मिक महत्व हरेक चाडपर्वहरुको आ–आफ्नै किसिमको धार्मिक, सामाजिक महत्व र विशेषता हुने गर्दछ । हिन्दुुहरुको महान पर्व दशै र तिहार सकिएरसँगै छठ पर्वको आगमन भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भई सप्तमीमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गरी उल्लासका साथ यो पर्व मनाउने गरिन्छ ।
नेपाल संवत् : राष्ट्रिय संवत् : मौलिक संवत्
नेपाल संवत् : राष्ट्रिय संवत् : मौलिक संवत् शक, सप्तर्षि , कलिगत, मञ्जुश्री, श्रीकृष्ण, बुद्ध, लक्ष्मण, महावीर निर्वाण, गुरु नानक, हिजरी, गुप्त, खाल्सा, हर्ष आदि नाम गरेका संवत्हरु सुन्नमा पढ्नमा पाइएतापनि हाल नेपालमा प्रचलनमा आएका संवत्हरु भने विक्रम संवत्, ईस्वी संवत्, नेपाल संवत् र बुद्ध संवत् हुन् । नेपालमा प्रचलित प्राचीन संवत्हरु मध्ये नेपाल संवत् पनि एक हो ...
खै बजार अनुगमन ?
खै बजार अनुगमन ? नेपालीहरुको घरआँगनमा दोस्रो महान चाड तिहार भित्रिएको छ । बजारमा किनमेल गर्नेहरुको भिड बढ्न थालेको छ । निकै खर्चिलो चाडका रुपमा समेत लिइने तिहारमा बजार अनुगमन हुन सकिरहेको छैन । देसैं आसन्न निर्वाचनको विषयमा केन्द्रित छ, यद्यपि चाडपर्वलाई लक्षित गरेर ठूलो मात्रामा चीजवस्तुहरु बजारमा खरिद–बिक्री भैरहेका छन् ।
सीपको आवश्यकता
सीपको आवश्यकता कुनै पनि राष्ट्रको विकास त्यस देशका नागरिकको कार्यक्षमता अर्थात् सीपमा आधारित हुन्छ । सीपले मानिसलाई आत्मनिर्भर बनाउनुको साथै जोखिम कम गर्न महत्वपूर्ण टेवा पुग्दछ । सीप सुरक्षा कवच पनि हो । चाहे विदेशमा होस् या स्वदेशमा । सीप हुनेले जोखिमसँग लड्न सक्छ । हातमा सीप भए भोकै मर्न पर्दैन ।
Weather Update