कमजोर सुशासन
बुधबार, साउन ११, २०७९
भयावह बन्दै दुर्घटना
मंगलबार, साउन १०, २०७९
सडक दुर्घटना नेपालमा दिन प्रतिदिन बढिरहेका छन् । हरेक दिनजसो सवारी दुर्घटनामा यतिको मृत्यु भयो, यति घाइते भए भन्नेजस्ता खबर आइरहनु सामान्य विषय बन्दै गइरहेको प्रतित भएपनि त्यसले सवारी दुर्घटनाको भयावहतालाई भने कम गर्न सकिरहेको छैन ।
नेवार समुदायको चाड : घण्टाकर्ण र गथामुग
मंगलबार, साउन १०, २०७९
आज घण्टाकर्ण । यो गठामुग नेवार समुदायको वर्षको पहिलो चाड हो । घर परिवार सबैको ग्रह, दशा कटाउने दिन पनि हो यो पर्व । गत दुई वर्ष कोरोना महामारीका कारण यो पर्व मनाइएन । यसपाली भने पर्व मनाउन लागिएको छ ।
अनुदानको बेथिति रोक
सोमबार, साउन ९, २०७९
सरकारले पछिल्लो समय बजेटको ठूलो हिस्सा अनुदानमा खर्चने गरेको पाइन्छ । संघीय संरचनासँगै तीनै तहका सरकारले नागरिकको प्रत्यक्ष संलग्नता रहने क्षेत्रमा अनुदान दिने व्यवस्था गरेका छन् । कृषि, पर्यटन, उद्योग, वातावरण, शिक्षा र सञ्चार प्रमुख रूपमा अनुदानका लागि प्राथमिकतामा पर्ने क्षेत्र हुन् ।
पुष्पलालको स्मरण
आइतबार, साउन ८, २०७९
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवस शनिबार मनाइएको छ । नेपालका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी उनको योगदानको सम्झना गर्दै यो दिवस मनाएका हुन् । १५ असार १९८१ मा रामेछापको भँगेरीमा जन्मिएका श्रेष्ठको ७ साउन २०३५ मा भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन...
संघीयता मजबुद बनाऊ
शनिबार, साउन ७, २०७९
देश संघीयताको अभ्यासमा गएको पनि पाँच वर्ष पूरा भएको छ । संविधानमा ७ प्रदेश र ७ सय ४४ स्थानीय तह निर्माण गरी देश संघीय अभ्यासमा गएको हो । यो समय राष्ट्रको लागि कुनै ठूलो कालखण्ड नभएपनि संघीयता कसरी अभ्यास गरियो र यसमा के–के बाधा/अप्ठ्यारा देखिए भन्ने समीक्षा गर्दै आगामी दिनमा...
वीपी स्मृति दिवसको औचित्य
शुक्रबार, साउन ६, २०७९
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा आज ४० औं वीपी स्मृति दिवस मनाइँदै छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि आजीवन संघर्ष गरेका दूरदर्शी नेता कोइरालाको विसं २०३९ साल साउन ६ गते निधन भएको थियो । प्रत्येक वर्षको साउन ६ गतेलाई वीपी स्मृति दिवसका रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने प्रचलन...
महँगी नियन्त्रणमा ध्यान देऊ
बिहीबार, साउन ५, २०७९
नेपाली बजारमा महँगी अचाक्ली रुपमा बढेको छ । दिनप्रतिदिन अकासिँदो महँगीले उपभोक्ताको ढाड नराम्रोसित सेकिरहेको छ । तैपनि सरकार भने यसप्रति पूरै बेसरोकार देखिन्छ । अहिले त विश्वबजारमै इन्धन लगायत कतिपय वस्तुको मूल्यवृद्धि भएको छ, जुन नेपाली व्यापारीका निम्ति मौकामा चौका हान्ने राम्रै बहाना बनेको देखिन्छ ।
संघीयता माथि उब्जिएका प्रश्न
बिहीबार, साउन ५, २०७९
“संघीयता आएर के भो र काठमाडौंमा पानी पर्यो भने यहाँ छाता ओड्नु पर्दछ । एउटा सानो कामका लागि पनि काठमाडौं जानु नै परेको छ । यो त राजनीतिक दलका कार्यकर्ताको रोजगारीका लागि मात्रै रहेछ क्या बावु ।” आजभोलि अर्थतन्त्रमा समस्या देखिएर हो या मूल्यस्तरमा आएको वृद्धिका कारण या आजभोली संघीयताको...
श्रीलंकाबाट पाठ सिकौं
बुधबार, साउन ४, २०७९
पछिल्ला केही दिन यता दक्षिण एसियाली मुलुक श्रीलंकामा ठूलो आर्थिक संकट देखापरेको विषयले सर्वत्र चिन्ता र चासो जगाएको छ । विश्वका राष्ट्रहरू कसरी श्रीलंका जसरी टाट उल्टनबाट बच्ने भनेर सोच्न बाध्य भएका छन् । नेपाल त्यसबाट अछुतो हुने कुरै भएन । तर, हाम्रो शासन सत्तामा बसेकाहरूको सोच र व्यवहार दुवै...
बेरुजु रोक
मंगलबार, साउन ३, २०७९
हरेक वर्ष बेरुजुको दर बढ्दै गएको छ । महालेखा परीक्षकको कार्यालयले हरेक वर्ष सार्वजनिक गर्ने प्रतिवेदनमा अर्बौं बेरुजु देखिने गरेको छ । कुनै पनि कार्यालयमा वा सरकारमा बेरुजु देखिनु भनेको वित्तीय अनुशासन नहुनु हो । अनुशासनहीन तरिकाले खर्च गर्नु हो । मुलुकमा २०१८ सालदेखि महालेखा परीक्षकले सरकारी कार्यालयहरूको हरहिसाब र...
विषादी तरकारी नखुवाऊ
सोमबार, साउन २, २०७९
पछिल्लो समय तरकारीमा जथाभावी रुपमा विषादी राख्ने चलन बढ्दै गएको छ । व्यापारका नाममा जनस्वास्थ्यको ख्याल नगरी जथाभावी रुपमा तरकारीमा विषादी राख्ने गरिएको छ । अहिले बजारमा आउने हरेक किसिमका तरकारीहरुमा विषादी भए पनि त्यसको परीक्षण भने हुन सकेको छैन ।
हाम्रो यात्रा २८ वर्षमा
आइतबार, साउन १, २०७९
आजदेखि हाम्रो यात्रा २८ वर्षमा प्रवेश गरेको छ । पाल्पाबाट विगत २७ वर्षदेखि निरन्तर प्रकाशित नवजनचेतना राष्ट्रिय दैनिक (तत्कालीन साप्ताहिक) ले आज आफ्नो नियमित साप्ताहिक/दैनिक प्रकाशनको २७ वर्ष पूरा गरेर २८ वर्षमा पाइला टेकेको छ ।