Shittalpati
नयाँ सांसदहरूको शपथ पुस ७ मा
नयाँ सांसदहरूको शपथ पुस ७ मा मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा निर्वाचित सांसदहरूको शपथ पुस ७ गते हुुने भएको छ । संघीय संसद् सचिवालयले पुस ७ गते दिउँसो १ बजेको लागि शपथको समय निर्धारण गरेको हो ।
चार जना प्रहरी मारिए
चार जना प्रहरी मारिए पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तमा आइतबार एउटा प्रहरी चौकीमा भएको आक्रमणमा चार प्रहरीको मृत्यु हुनका साथै अन्य चार जना घाइते भएका छन् ।
आज मानव अधिकार दिवस मनाइँदै
आज मानव अधिकार दिवस मनाइँदै विश्व मानव अधिकार दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाईदैछ । राष्ट्रिय मानव अधिकार आयोगले यस वर्षको दिवसको नारा ‘सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय’ भन्ने तय गरेको छ ।
गुल्मी–२ :प्रदेशसभामा एमालेका भुसाल र पन्थी विजयी
गुल्मी–२ :प्रदेशसभामा एमालेका भुसाल र पन्थी विजयी गुल्मीको क्षेत्र नम्बर २ को दुुई वटै प्रदेश सभामा एमालेका उम्मेदवार विजयी भएका छन् । २ (१) को प्रदेश सभामा डिल्लीराज भुसाल र २ (२) को प्रदेश सभामा दिनेश पन्थी विजयी भएका हुन् । प्रदेश सभा (१) मा एमालेका उम्मेदवार भुसाल एक हजार ४९ को अग्रतासहित १४ हजार दुई सय...
प्रमुख आयुक्तसँग जापानी परराष्ट्र राज्यमन्त्रीको शिष्टाचार भेटवार्ता
प्रमुख आयुक्तसँग जापानी परराष्ट्र राज्यमन्त्रीको शिष्टाचार भेटवार्ता प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आएका जापानका परराष्ट्र राज्यमन्त्री ताकेइ शुनसुकेले आज निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसँग शिष्टाचार भेट गरेका छन् ।
सन्दीप लामिछानेलाई कारागार चलान गरिँदै
सन्दीप लामिछानेलाई कारागार चलान गरिँदै बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ । मुद्दाको किनारा नलागेसम्म लामिछानेलाई थुनामा पठाउने काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो ।
पोर्चुगलमा एक नेपाली युवाको मृत्यु
पोर्चुगलमा एक नेपाली युवाको मृत्यु वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवाको यहाँ मृत्यु भएको छ । विगत छ वर्षदेखि पोर्चुगलमा बस्दै आएका रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका– १, शङ्करनगरका ३७ वर्षीय कपिल सिन्धौलीको हृदयाघातका कारण मृत्यु भएको हो ।
राजनैतिक उत्तराधिकारीको खडेरी
राजनैतिक उत्तराधिकारीको खडेरी आसन्न निर्वाचनका लागि टिकटले च्याप्दै गरेको जिन्दगी, शब्दसँग धेरै नेताहरुका मन बरालिएका छन्, अहिले । संघीय र प्रादेशिक निर्वाचनका लागि दिन नजिकिदै जाँदा, नेताहरु टिकट नमागे पनि नहुने र माग्दा पनि टिकटकै बोझले आफु च्यापिने डरमा छन् ।
आज विश्व बेपत्ता दिवस
आज विश्व बेपत्ता दिवस आज जबरजस्ती बेपत्ता पारिएका पीडितहरूको विश्व बेपत्ता विरुद्धको दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो हरेक वर्ष अगस्ट ३० मा बेपत्ता पारिएका व्यक्तिहरूलाई सम्मान र श्रद्धाञ्जली दिन मनाइने गरिन्छ ।
पाल्पामा बुधबार थप १५ जना कोराना संक्रमणमुक्त
पाल्पामा बुधबार थप १५ जना कोराना संक्रमणमुक्त जिल्लामा पछिल्लो २४ घण्टामा थप १५ जना संक्रमितले कोरोना जितेका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ८ जना महिला र ७ जना पुरुष संक्रमितले कोरोना जितेका हुन् ।
आज तानसेनमा ऐतिहासिक भगवती जात्रा
आज तानसेनमा ऐतिहासिक भगवती जात्रा नेपालले अंग्रेजलाई पराजय गरेको उल्लासमा आज पाल्पाको तानसेनमा ऐतिहासिक भगवती जात्रा (रथयात्रा) मनाइँदै छ । यहाँ हरेक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट भगवतीको रथयात्रा गरिने परम्परा छ ।
Weather Update